चितवन । चितवनको कालिका नगरपालिका वडा नं १० मा नवजात शिशुलाई जन्म दिएर हत्या गर्ने एक महिला पक्राउ परेका छन ।
गत फागुन १९ गते कालिका १० टुडीखेलमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको सुचनाको आधारमा खटिएको प्रहरी टोलिले अनुसन्धान गर्दा सोहि ठाउँ बस्ने २१ वर्षिय मन्जु चेपाङले जन्म दिई मारी फालेको प्रहरीले बताए ।
उनलाई प्रकाउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलले जनाएको छ ।








