चितवन। चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ मा झरेको छ। केही दिनदेखि जिल्लामा नयाँ संक्रमितको संख्या पनि शुन्य रहेको छ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार आज जिल्लाभर रहेका २९ जना संक्रमितमध्ये आज दुई जना मात्रै अस्पतालमा उपचाररत छन् भने २७ जना होम आइसोलेसनमा रहेका छन्।
यता, आज जिल्लाभर २ जना संक्रमणमुक्त भएका छन्। यससँगै चितवनमा कोरोना जित्नेको संख्या ३३ हजार ६६ पुगेको छ।








