चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला सदस्यमा युवा नेता अनमोल अधिकारी निर्वाचित भएका छन । बुधवार सम्पन्न मतगणनाको परिणाम अनुसार अधिकारी सर्वाधिक मतसहित जिल्ला सदस्यमा निर्वाचित भएका हुन ।
भरतपुर महानगर खुलातर्फ ४ पदको लागि २६ जना प्रतिसपर्धामा थिए । सो प्रतिसपर्धामा अधिकारीले पहिलो लोकप्रिय मत प्राप्त गरे ।
जिल्ला सदस्यमा निर्वाचित अधिकारी नेबिसंघका जिल्ला उपसभापति र नेबिसंघ बिरेन्द्र बहुमुखी क्याम्सका सभापति समेत हुन ।








