चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा अरुको चेकमा नक्कली दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कालिका १ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका प्रभाकर भन्ने सुदिप कार्की रहेका छन् ।
उनीहरुले रत्ननगर नगरपालिका १ सौराहारोडस्थित न्यु लक्ष्मी इन्टरप्राजेजबाट माघ १४ गते चार लाख ६८ हजार ४३५ को रड खरिद गरेर सञ्चालक कृष्णप्रसाद तिवारीलाई अरुको चेकमा नक्कली दस्तखत गरेर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
फरार भएका दुबै जनालाई बुधवार कालिका १ लंकालाईनबाट पक्राउ परेका हुन् । दुबै जनामाथि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।








