नवलपुर । दुवै मृगौलाले काम नगरे पछि पिडित बनेकी सरिताका लागि “एक दिन एक रुपैया अभियान” समुहले सहयोगको लागि आग्रह गरेको छ । अभियानका संयोक सौगात भुषालका अनुसार देवचुली नगरपालिका वडा नम्बर ९ की सरिता सुनारको दुबै मृगौलाले काम नगरेको र आर्थिक अवस्था पनि नाजुक रहेका कारण उनको सहयोगको लागि “एक दिन एक रुपैया अभियान”ले सहयोग गरिन सबैमा आग्रह गरेको जानकारी दिए ।
उनका अनुसार जस्को कोहि छैन, उसका लागि हामी” भन्ने अभिप्रायले स्थापित भएको यो अभियानले मृगौला प्रत्यारोपण गर्न नसकेकी देवचुली ९ की सरिताको उपचारका लागि सरिता बचाऊँ अभियान सुरु गरेको छ बताए ।
अन्तराष्टिय नारी दिवसको दिन देखी अभियानले सरिताको मृगौला प्रत्यारोपणका लागि विभिन्न माध्यमबाट रकम संकलन गर्ने कार्य सुरु गरेको अभियानका सह–संयोजक सुनिल भुसालले बताए । सरिताको जीवन बचाउँका लागि संस्थाले धेरै व्यक्तिहरुलाई अपिल गरेको र रकम आउने क्रम बढेको बताएका छन् । अभियानले सहयोगका लागि निम्न बैकका खाता नम्बरमा सहयोग गरिदिन पनि आग्रह गरेको छ ।
सहयोगका लागि सम्पर्क
बिरामिको बैंक खाता
एभरेष्ट बैंक ०७०००५०१२००६९३
नबिल बैंक १०११००१७५०००९१
अध्यक्ष
एबम
एक दिन एक रुपैयाँ दान अभियान परिवार








