• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

दमौली आगलागी : खुलेन कारण, आएन क्षति विवरण

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  दमौली आगलागी घटनाको हप्ता दिन हुन लाग्दा पनि क्षतिको यकिन विवरण आउन सकेको छैन् । गत आईतबार जिल्लाको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भुपाल हार्डवयरको गोदामबाट आगलागी सुरु भएको थियो ।

    विहान १० बजेतिर आगलागी सुरु भएकोमा करिब पाँच घण्टामा नियन्त्रणमा लिईएको थियो । आगलागीले हार्डवयरको गोदाम पूर्ण रुपमा क्षति भएको छ । अन्य नौ घर, तीन टहरा र दुई सटरमा पनि आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन् ।

    आगलागीबाट भएको क्षति संकलन गर्न व्यास नगरपालिकाले समिति गठन गरेको छ । नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव माधव न्यौपाने सदस्य तीन सदस्य समिति गठन भएको छ ।

    समितिलाई २६ फागुन भित्र नगरपालिकाले क्षतिको विवरण पेश गर्ने समयावधि तोकेको भएपनि सोमबारसम्म बल्ल प्रतिवेदन तयार हुने समिति संयोजक अमृत केसीले बताए । ‘हामीले रिपोर्ट तयार पार्दैछौँ । सोमबारसम्म तयार पारेर बुझाउँछौँ’, उनले अगाडी थप्दै भने, ‘यो प्रारम्भिक रिपोर्ट हुनेछ । के कति क्षति भएको छ विस्तृत रिपोर्ट तयार पार्नलाई त समय लाग्छ ।’ प्रारम्भिक रिपोर्टले मोटामोटी कति क्षति भएको खुलाउने उनी बताउँछन् ।  ‘अहिले उहाँहरुको भनाई अनुसार नै हामीले क्षतिको विवरण तयार पार्ने हो । ठ्याक्कै कति क्षति भएको हो सामान कति जलेका छन् । स्टक सामान कति थिए कति गए भन्ने पत्ता लगाउन सायद अर्को समिति बन्छ होला’, उनले बताए ।

    आगलागीको कारणबारे पनि अझै खुल्न सकेको छैन् ।  विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए । ‘एक्कासी आगो लागेकाले सर्ट भएर हो कि भन्ने अनुमान हो । कारण खुल्न सकेको छैन्’, उनले भने । खास कारण पत्ता लगाउन अनुसन्धान भईरहेको उनले बताए ।

    जिल्लाको व्यास नगरपालिकासँगै छिमेकी जिल्ला कास्की, लमजुङ र चितवनका छ वटा दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रण आउन मुस्किल भएपछि सिम्रिक एयरको होलिकोप्टर प्रयोग गरिएको थियो । हेलिकोप्टरले साहयतामा आगलागी नियन्त्रणमा लिईएको हो । साँघुरो ठाउँ भएकाले आगलागी नियन्त्रणमा लिनलाई दमकलको प्रयोग गर्न समेत अफ्ठ्यारो परेको थियो । हेलिकोप्टर मार्फत आगलागी नियन्त्रणमा आएपछि जस लिनलाई यहाँका नेताहरुको होडबाजी समेत चलेको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.