चितवन । पूर्वी चितवनको कालिका नगरपालिका ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार राप्ती नगरपालिका ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र सोही स्थानका ३७ वर्षीय सागर राईलाई पक्राउ परेका हुन् ।
उनीहरुलाई शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ राईटोलमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वडाध्यक्षलाई ६-७ जनाको समूहमा रहेकाहरुले दुर्व्यवहार गरेका थिए । फागुन २३ गते दिउँसो १:३० बजे वडा कार्यालयमै उनीमाथि दुर्व्यवहार भएको थियो ।
६-७ जनाको समूहमा आएकाहरुले कार्यकक्ष भित्र अनाधिकृत रुपमा प्रवेश गरी लुकाई छिपाई ल्याएको कालो मोसो वडाध्यक्ष रिजाललाई लगाईदिएका थिए । यस्तै वडाध्यक्षलाई कार्यकक्षबाट लछार-पछार तथा दुर्व्यवहाँर गरी गरी ढोकामा ल्याएर जुत्ताको माला लगाउन प्रयास समेत गरेका थिए ।








