नवलपुर । भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका ९ बोरा कपडा नवलपुर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक दिलीपकुमार गिरीका अनुसार कावासोती नगरपालिका १६ स्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा प्रहरी टोलीद्वारा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त कपडा बरामद गरेको हो ।
पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु २ ख ५७७४ नंम्बरको ट्रक चेकजाँच गर्ने क्रममा कपडा लोड भई आएको अवस्थामा बरामद गरी सामानको बरामदी मुचुल्का गरि थप अनुसन्धान कार्य भई रहेको उनले बताए । प्रहरीले अवैध रुपमा कपडा भित्र्याउने फरार रहेकोले उनको खोजी कार्य रहेको जनाएको छ ।








