चितवन । उद्योग वाणिज्य संघ चितवनको सर्वसम्मत नेतृत्वमा पुगेका अध्यक्ष सहितका १३ जनानै ८ जना उम्मेदवारलाई जिताउन एक्यवद्ध बनेका छन् । निर्विरोध अध्यक्ष बन्नुभएका चुननारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवि सुवेदी सहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहो¥याउन कसरत बढाउनुभएको छ ।
उपाध्यक्ष कर्पोरेटर्फका भोजराज कौडाल, उपाध्यक्ष वाणिज्यतर्फका शंकर नेपाल सहित सदस्यमा वाणिज्यतर्फका ६ जना सदस्यको पक्षमा उभिनुभएको छ । समूहमा वाणिज्यतर्फका सदस्यहरुमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने हुनुहुन्छ । निर्विरोध अध्यक्ष बन्नुभएका चुननारायण श्रेष्ठले १३ जना कार्यसमितिमा सर्वसम्मत हुनुपहिलेनै अनुभवी समूह बनाएकाले निर्वाचनमा सहयोग गरिएको बताउनुभयो ।
आज (आइतबार) नारायणगणमा आयोजित पत्रकार सम्मेलनमा निर्विरोध कार्यसमितिमा पुगेका ३ पदाधिकारी सहितका १३ जनानै सहभागि हुनुहुन्थ्यो । दिपा शाही उवासंघको विभिन्न उपसमितिमा रहेर काम गर्दै आएपनि यसपाली पहिलो पटक कार्यसमिति सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । यो समूहका २ उपाध्यक्ष र ६ सदस्यहरु उवासंघको कार्यसमितिका सबै पुराना तथा अनुभवी नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । नेतृत्व चयनका लागि सोमबार मतदान हुदैछ ।
कर्पोरेटतर्फका उपाध्यक्ष उम्मेदवार भोजराज कौडालले पूर्वअध्यक्षहरु सबै अनुभवी र एक्यवद्ध बनेका समूहको पक्षमा रहेको दाबी गर्नुभयो । वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार शंकर नेपालले सहमतिको प्रयास हुन नसकेपछि निर्वाचनमा जानु परेपनि जीत सुनिश्चित रहेको जीकिर गर्नुभयो ।








