• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

गैंडाकोटमा लालपुर्जाको माग गर्दै राष्ट्रिय भूमि अधिकार मञ्चको र्‍याली प्रदर्शन

  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । लालपुर्जाको माग गर्दै गैंडाकोटमा राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुर जिल्ला समितिले ऱ्याली प्रदर्शन गरेको छ । गैंडाकोटको श्रीराम पार्टी प्यालेसबाट निस्किएको प्ले कार्ड र व्यानर सहितको ऱ्यालीले नगरपालिका परिसरमा पुगेर कोणसभा गरेको थियो । स्थानिय चुनाव नजिकिंदै गर्दा जिल्लाका भूमिहिन सुकुम्बासीहरुले आफ्नो गतिविधि तिब्र पारेका छन ।

    ऱ्यालिमा सहभागिहरुले ’चोरी दर्ता बन्द गर, पहिला पूर्जा-पछि भोट, सुकुम्वासी समस्या समाधान गर, सुकुम्बासी आयोग चालु गर र सुरक्षित घरबास सबैलाई’ जस्ता नाराहरू सहित ‘जबरजस्ती उठीबास बन्द गर, पहिला पुर्जा-पछि भोट, भूमि समस्या समाधान गर र रगत पसिना बगायौं-बद्लामा के पायौं’ जस्ता नारा लगाएका थिए । हज्जारौंको संख्यामा आएको ऱ्यालिले नगरपालिका हाताभित्र समेत धेरै बेर आफ्ना मागहरु सहितका नारा लगाएका थिए ।

    नारा र जुलुस पछि कोणसभामा परिणत भएको ऱ्यालिका सहभागिहरुले नगरप्रमुख छत्रराज पौडेललाई ज्ञापनपत्र समेत बुझाएको थियो । मञ्चकी अध्यक्ष मनरुपा कुमाल र माझी वोटे कल्याण सेवा समितिका अध्यक्ष जितबहादुर माझीले नगर प्रमुखलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको थियो । ज्ञापन पत्रमा लामो समयदेखि बसोबास गर्दै आएको जग्गामा आफ्नो स्वामित्वको सुरक्षा अनुभूति गर्न नपाएको विभेदपूणर् अवस्थाका कारण आत्मासम्मान र स्वाभिमानपूणर् जीवनयापन गर्न नसकिएको व्यहोरा उल्लेख गरिएको छ ।

    ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पौडेलले सुरुदेखि नै आफू भूमिहिन सुकुम्बासीको पक्षमा रहेको बताउनुभयो । सुकुम्बासीको समस्या समाधान गर्ने अधिकार संघीय सरकारको भएको बताउँदै नगरप्रमुख पौडेलले यदि यो अधिकार स्थानिय सरकारलाई दिइन्छ भने आफुले १० दिन भित्र अठारवटै वडाका सुकुम्बासीहरुलाई लालपुर्जा दिन सक्ने दावी समेत गर्नुभयो ।

    कोणसभामा आफ्ना भनाईहरु राख्दै मञ्चकी अध्यक्ष मनरुपा कुमालले सुकुम्बासीका समस्या समाधान नभए आगामी दिनहरुमा आफूहरुले स्थानिय सरकारलाई सहज रुपले काम गर्न नदिने बताउनुभयो । कोणसभालाई राष्ट्रिय भूमि अधिकार मञ्चका आधादर्जन बढी अगुवाहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.