चितवन । आईएसएमटी कलेज चितवनको बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डको शैक्षिक कार्यक्रम सञ्चालनमा गर्ने भएको छ । उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु औपचारिक रुपमा सञ्चालनका लागि सबै प्रक्रिया पुरा भइसकेको कलेजले जानकारी दिएको छ । आईएसएमटी युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत बनेको छ ।
उक्त विश्वविद्यालयको बेलायतका प्रमुख शहरहरुसँगै हङकङमा समेत आफ्नै कलेज रहेका छन् । उक्त विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन् २००१ मा सन्डरल्याण्ड युनिभर्सिटीको बेलायतको नयाँ विश्वविद्यालय मध्ये पहिलो नम्बरमा पर्न सफल भएको थियो ।
यस्तै उक्त विश्वविद्यालय २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’ को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले बेलायतको डिग्री प्राप्त गर्न सक्ने कलेजका बिजनेस डेभलपमेन्ट हेड वासु वस्तीले बताए ।








