काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले वीपी कोइरालाको ३८औं स्मृति दिवस बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ ।
वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते हो । तरुण दल केन्द्रीय समितिले साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको छ । साथै जिल्ला समितिहरुलाई पनि त्यसैगरी मनाउन र त्यसको जानकारी केन्द्रमा गराउन परिपत्र गरिएको तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।वीपी स्मृति दिवसमा वृक्षारोपण, रक्तदान, फलफूल वितरण, अन्तरक्रियालगायतका कार्यक्रम गर्ने, कोरोना प्रभावित जिल्लाका क्वारेन्टाइनहरुमा सरसफाइ गर्ने, बाढी पहिरो पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा कृयाशील रहन तरुण दलले सबै जिल्ला समितिहरुमा परिपत्र गरेको छ ।








