चितवन । नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहालले पाएकी छन् । माओवादी केन्द्र वागमती प्रदेश कार्यालयको बैठकले भरतपुर महानगरकी मेयर समेत रहेकी दाहाललाई चितवन इन्चार्जमा चयन गरेको हो ।
दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि नयाँ जिल्ला इन्चार्जहरु तोकिएको थिएन । यस्तै माओवादी केन्द्रको चितवन जिल्ला संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।
उनी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय सदस्य थिए। उनी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का पूर्व केन्द्रीय उपाध्यक्ष पनि हुन् ।








