चितवन। भरतपुरका युवाहरूले रंगको पर्व फागुको अवसरमा पार्क मर्मत तथा वाल पेन्ट गर्नुभएको छ । फागु पूर्णिमालाई उत्सवमय बनाउन भरतपुर– १० को जनस्वास्थ्य कार्यालयअगाडि रहेको पार्कमा सरसफाइ, मर्मत तथा भित्ता रंगरोगन गरेर युवाहरूले होली पर्व मनाउनुभएका थियो।
भरतपुर महानगरपालिकाको समन्वय तथा वे ग्रुप नेपाल र बेटर चितवनको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको वे ग्रुप नेपाल चितवनका संयोजक भोज नारायण कंडेलले बताउनुभएको छ ।












