वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते उम्मेद्बारी दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।








