चितवन । इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको माडी नगरपालिका -७ कृतनपुरकी सुकमाया रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आइतबार साढे ८ बजेको समयमा ७४ वर्षिय रानाभाटको इनारमा खसेर मृत्यु भएको थियो।
घर नजिकै रहेको अन्दाजी २० फिट गहिरो इनार डुबेकी हुन। ईलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शव भरतपुर अस्पताल पठाईएको र थप अनुसन्धान भईरहेको छ।
file photo








