• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ४. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ५. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ६. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

बुधवारदेखि चितवनमा ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’

  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ चैत ९ गते बुधवारदेखि चितवनमा हुँदैछ । नेपाल नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा १२ गतेसम्म प्रदर्शनी हुनेछ । संघले दोस्रो पटक चितवनमा यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको हो । यस अघि २०७६ सालमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा नै आयोजना भएको थियो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरण गर्न प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।

    प्रदर्शनीमा बिभिन्न २० भन्दा बढी राष्ट्रबाट कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिका ५२ प्रदर्शनकर्ताहरु सहभागी हुने उनले बताए । आधुनिक कृषि, पशुपालन, मत्स्य पालन, पुष्प तथा तरकारी खेती, प्रशोधन तथा बजारीकरण सम्बन्धी यन्त्र, उपकरण, बिउ बिजन तथा आधुनिक सिँचाईलगयातका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका कम्पनीहरु सहभागी हुनेछन् । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा हुने दुई सय भन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरु प्रदर्शनीमा राखिनेछ ।

    प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, औजार, उपकरण, यन्त्रका बिषयमा जानकारी दिईनेछ । प्रदर्शनीमा नीती निर्माण, पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालाहरुलाई कृषि यन्त्र र प्रविधि बारे जानकारी दिईने संघका अध्यक्ष कटुवालले बताए । प्रदर्शनीले कृषि यान्त्रीकरण, प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुग्ने तथा कृषि यान्त्रीकरण र कृषकबीच कार्यगत समन्वयमा पनि मद्त पुग्ने उनको विश्वास छ । प्रदर्शनीमा मेड ईन नेपालको छुट्टै परिसर रहनेछ ।

    प्रदर्शनीमा कृषि कर्जा मेला पनि हुनेछ । उक्त कृषि कर्जा मेलामा २६ वटा बैंकले प्रतिनिधित्व गर्ने संघकी सदस्य सुनिता नेमाफुकीले जानकारी दिईन् । उनका अनुसार विश्वमा दोस्रो पटक तथा एसियामा पहिलो पटक कृषि कर्जा मेला हुन लागेको हो । मेलामा बैंकहरुले कृषि कर्जाका सम्पूर्ण प्रक्रिया बारे परामर्श दिनेछन् । यस्तै पूर्ण कागजात ल्याउने किसानहरुका लागि मेलाबाट नै कर्जा क्रिया अघि बढाइने नेमाफुकीले बताईन् । यस्तै प्रदर्शनीको दुई दिन राष्ट्रिय कार्यशाला गोष्ठी पनि हुनेछ । गोष्ठीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थित हुनेछन् ।

    यस्तै कृषि कर्जा प्रमुख, देशका बिभिन्न १६ वटा बैंकका सिईओ तथा वित्तिय संस्थाका प्रतिनिधिहरु पनि गोष्ठीमा सहभागी हुने उनले जानकारी दिईन् । प्रदर्शनीमा नि:शुल्क माटो परीक्षण प्रयोगशाला पनि रहनेछ । प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । देशभरका ७० जिल्लाका एक लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • ४.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ५.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ६.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.