चितवन । नेपाली काँग्रेसले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रममा तिव्रता दिएको छ । काँग्रेस केन्द्रीय समिति को निर्देशन बमोजिम
नेपाली कांग्रेस चितवनले पनि “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत घरदैलो कार्यक्रम लाई तिब्र बनाएको छ । जस अनुसार बुधबार भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित रामेश्वर टोलमा अभियान सँगै टोल कमिटी पनि गठन गरिएको छ । किरण कुमार श्रेष्ठको संयोजकत्वमा १२ सदस्यीय कमिटी गठन गरिएको हो । जसको सह संयोजक सतार खान, सचिव राजेन्द्र ठाकुर,कोषाध्यक्ष सुकमाया नेपाली, र सदस्य हरुमा मना कुमाल, दिपक केसि, हरिकृष्ण गुरुङ , स्वता उपाध्याय सुजा अधिकारि, सर्मिला सुवेदी ढकाल, सरिता थापा कोइराला , बिन्जु पाठक पाण्डे रहनुभएको छ । यस्तै कार्यक्रममा नेपाली कांग्रेस भरतपुर महानगरपालिका पडा नम्बर २ का सभापति मनोज रानाभाट र उपसभापति ओम प्रकाश भट्टराई को उपस्थित रहेको थियोे ।
कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियानमा रामेश्वर टोल कमिटी गठन
कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियानमा रामेश्वर टोल कमिटी गठन
- अ
- अ
- अ








