चितवन। चितवन राष्ट्रिय निकुञ्जले बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार १६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका हुन् ।
तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जले गुरुङलाई ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको थियो ।
प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।








