चितवन । नेपाली कांग्रेस चितवनले “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज बिहीबार बृहत अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका ९८ वटै स्थानीय तहमा खटिएर जाने प्रतिनिधि हरुलाइ प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रमलाई जगन्नाथ पौडेल र सालिग्राम शर्मा पौडेलले सहजीकरण गर्नु भएको थियोे ।
अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रिय सदस्य अब्दुल सतारले प्रत्येक स्थानीय तहमा खटिएर जाने आफ्ना प्रतिनिधिहरुलाई जनताका सामु कसरी प्रस्तुत हुने भन्ने बारेमा मुख्य गरि प्रशिक्षण दिइएको बताएका छन । आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरेर हामीले प्रतिनिधि खटाएका हौ, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले भने ।
काङ्ग्रेसले आफ्ना प्रतिनिधिहरुलाइ यहि चैत १२ गते साढे ११ बजे ९८ वटै स्थानीय तहमा पठाउदै छ । कार्यक्रम नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।








