चितवन । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले मेडिकल सिटिको रुपमा बिकास हुँदै गएको चितवनलाइ जुनसुकै अवस्थामा सहयोग गर्न नेपाली काङ्ग्रेस तयार रहेकोे बताएका छ्न । भबिस्यमा चितवन मेडिकल शहरकाे रुपमा बिकास हुन्छ, अब चितवनमा उपचार नपाएर कोहि पनि अकालमा मर्नु पर्दैन खनालले भने ।
नेशनल बाथरोग सेन्टर भरतपुर मेट्रो क्लिनिक प्रा. लि.को उदघाट गर्दै सभापति खनालले चितवनमा बाहिर बाट आउने मानिसहरुलाइ यसले ठुलो सहयोग गर्ने बताए । उनले चितवन बिकासको दृस्ठिकोणले महत्त्वपूर्ण जिल्ला भएको हुदा यस्ता बाथरोग सेन्टरहरुको सहयोगले चितवनलाइ मेडिकल सिटि बनाउनमा अझ थप टेवा पुग्नेमा आफू बिश्वस्त रहेको पनि बताए ।
कार्यक्रममा भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा भोजराज अधिकारिले बाथरोग जटिल समस्या भएको हुदा यस सेन्टरले साच्चिकै बाथ रोगिहरुको पहिचान गर्न सहयोग पुग्नेमा बिश्वास व्यक्त गरे । यस्तै डा मनोज कडेलले आम मानिसहरु बाथरोगको समयमै उपचार नपाएर मृत्यु हुने गरेको हुदा यस बाथरोग सेन्टर आगामी दिनमा उनिहरुका लानी कोसे ढुङगा साबित हुनेमाआफुले बिश्वास लिएको बताए ।
कार्यक्रममा सेन्टरका वरिष्ठ बाथरोग बिसेसज्ञ डा बिनित बैध, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेल, डा अनिल कार्की लगाएतले मन्तव्य राखेका थिए ।








