चितवन । रत्ननगर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयमा अध्ययनरत छात्र छात्राहरु सहभागितमा प्रतियोगितात्मक नविन प्रतिभाको खोजी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र प्रसाद पाध्याको प्रमुख आतिथ्य तथा प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा परिचय, पोशाक, क्याट वाक, व्यक्तित्व, अनुशासन, रचना, प्रस्तुति, निर्धक्कता आदि क्षेत्रमा मुल्याङ्कन गरिएकोमा थियो ।
ज्वालामूखी विष्फोटनको नमूना प्रस्तुत गर्दै उद्घाटन भएको उक्त कार्यक्रममा शिक्षक अभिभावक संघक अध्यक्ष पुष्पराज भण्डारी र संजिना चौधरीले निर्णायकको भूमिका निर्वाह गरेको थिए । विभिन्न चरणमा गरेको मुल्यांकनको अन्तिम नतिजा अनुसार कक्षा ७ कि छात्रा अरती क्षेत्री विजेता बनिन् भने कक्षा ५ कि छात्रा आयुषी गुरुङ्ग फस्ट रनर अप र कक्षा ६ कि छात्रा ऋतिका चौधरी सेकेन्ड रनर अप बनेकी थिईन् । उक्त कार्यक्रमका अन्य विधाहरुमा सवोत्कृष्ठ पोशाकमा आयुषी गुरुङ्ग, क्याटवाकमा आशिका गौतम, व्यक्तित्वमा वर्षा राना, अनुशासनमा जेशिका शर्मा, मुस्कानमा सृष्टि रेग्मी, निर्धक्कता र रचनामा समिक्षा पौडेल विजेता बनेका थिए ।
कार्यक्रममा साना बालबालिकाहरुको पोशाक तथा पहिरन प्रतियोगिता समेत सञ्चालन भएकोमा प्रशिद्धि पौडेल प्रथम, ऋतिका कार्की द्धितिय र ग्रेश महतो तृतिय भएका थिए । उक्त अवसरमा विद्यार्थीहरुले आफ्ना शिल्प तथा कलालाई विभिन्न स्वरुपमा र कागजमा उतारी गरेको प्रस्तुति आकर्षक रहेको थियो भने विभिन्न खानाका परिकार तयार गरी प्रदर्शन र विक्रि वितरण गरेका थिए ।
उक्त कार्यक्रममा हात खाली नजाने आकर्षक खेल समेत आयोजना गरीएको थियो ।








