चितवन । प्रजातान्त्रिक बिचार समाज नेपालले प्रजातान्त्रिक, सामाजिक, आर्थिक र राजनैनिक क्षेत्रमा अति उल्लेखनीय योगदान पुर्याएको भन्दै सुश्री मैयादेबी श्रेष्ठलाई बर्ष २०७७ बाट सम्मानित गरेको छ । २०७२ सालबाट प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको सो सम्मान बर्ष २०७७ बाट सुश्री मैयादेबी श्रेष्ठ सम्मानित हुनु भएको हो । तनहुँ को बन्दिपुरमा बि स १९८५ सालमा जन्मनु भएकी श्रेष्ठ २००३ साल देखि राजनीतिमा सक्रिय भएर लाग्दै आउनु भएको थियोे । मैयादेवी श्रेष्ठले २००३ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिनुभएको थियो ।
२०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल पर्नुभएको थियो । २०४८ सालमा गोरखा क्षेत्र नः २ बाट सांसद, २०५६ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । २०६२–०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उहाँ सांसद हुनुहुन्थ्यो । श्रेष्ठले नेपालको राजनीतिमा उदाहरणिय योगदान पुर्याउनु भएको छ । ९४ वार्षिय श्रेष्ठले २६ भन्दा बढि संघ सस्थालाइ भुमि दान, ७० भन्दा बढि संघ सस्थालाइ आर्थिक दान र हजारौं ब्याक्तीहरुलाइ स साना सहयोग गर्नु भएको श्रेष्ठका पुत्र टकनाथ पौडेलले जानकारी दिनु भयो ।
नेपाली काङ्ग्रेस नै मेरो सिन्दुर हो भनेर बिबाह नगरी बस्नु भएकी श्रेष्ठले नेपाली काङ्ग्रेस लगायत अन्य संघ सस्थाहरुलाइ एक अर्ब भन्दा बढिको दान गरिसक्नु भएको पुत्र पौडेलले बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै पुत्र पौडेलले समाजबाट प्राप्त २५ हजार रुपैयाँमा १ लाख एघार हजार १ सय ११ रुपैया थप गरि जिल्ला शाखाको लागि अक्षयकोष खोल्ने पनि बताउनु भएको छ । समाजका अनुसार सम्मानित हुने हरुमा २०७२ मा कुल बहादुर गुरुङ, २०७३ मा इन्द्रकान्त मिश्र,२०७४ मा चक्रप्रसाद वास्तोला, २०७५ मा पुरुसोतम बस्नेत, २०७६ मा नुतन थपलिया रहेका छन ।
यस्तै बर्ष २०७८ का लागि कमल चित्रकारलाई सम्मानित गर्ने निणय भएको छ । कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कुल चन्द्र वाग्ले, केन्द्रिय उपाध्यक्ष डा ईश्वरि राज लौडारी,लुम्बिनी प्रदेश सयोजक शकर बिबस मजगैया, बागमती प्रदेश सयोजक भरत दवाडी,देबि प्रसाद कडेल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतले बोल्नु भएको थियोे । कार्यक्रम समाजका केन्द्रिय अध्यक्ष डा केदार नरसिंह के सिको अध्यक्षतामा सम्पन्न भएको थियो ।








