• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

दुई वर्ष पछि बिक्रमबाबा मेला हुँदै

  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  कोरोना कहरका कारण बिगत दुई वर्ष देखि हुन नसकेको बिक्रमबाबा मेला यस वर्ष सञ्चालन हुने भएको छ । यही चैत १८ गते देखि बैशाख ३ गते सम्म बिक्रमबाबा मेला हुन लागेको हो । मेलाका लागि केरुङ्गा उपभोक्ता समिति, पटिहानी उपभोक्ता समिति र घैलाघारी सामुदायीक वनले व्यवस्थापनको काम गरिरहेका छन् । दुईवटा उपभोक्ता समितिले पूजा व्यवस्थापनको काम गर्ने छन् भने सामुदायीक वनले पार्कीङ् व्यवस्थापन र सामुदायीक वन क्षेत्र भित्रको वजार व्यवस्थापनको काम गर्ने छन् ।

    पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरी शर्माले बिक्रमबाबा मेलामा आउने भक्तजनहरुको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम तिब्र पारिएको बताउनुभयो । मन्दीरको छाना छाउने काम, खानेपानी, शौचालय व्यवस्थापन देखि सरसफाई, भक्तजनलाई आवत जावतका लागि सडक निर्माण, पूजा गर्नका लागि ठाउँ व्यवस्थापनको काम समेत भईरहेको उहाँले जानकारी दिनुभयो । दुई बर्ष देखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “यस वर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको संख्या ५ लाख हुने अनुमान गरेका छौ ।” केरुङगा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलले मेला व्यवस्थापनका लागि समितिहरु जिम्मेवार ढङ्गले अघि वढेको बताउनुभयो । पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाएर काम अघि वढाईएको उहाँले बताउनुभयो । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजे सम्म समय तोकिएको उहाँले जानकारी दिनुभयो । साँझ ५ वजे पछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उहाँको भनाई छ ।

    मेला सञ्चालन गर्न आउने व्यवसायीहरुलाई साँझ ६ बजे पछि व्यवसाय वन्द गर्न लगाईने घौलाघारी सामुदायीक वनका अध्यक्ष लिलाराज भुषालले बताउनुभयो । मेला व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । आठ वटा उप समिति निर्माण गरि मेला व्यवस्थापनको काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “सामुदायीक वन क्षेत्र भित्र दिउँसोमा पार्कीङ् र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ वजे पछि मेला वन्द गर्ने गरि निर्णय गरेका छौ ।”

    जंगली जनावारको आक्रमण हुन सक्ने भएकाले अघिल्ला बर्ष जस्तो अबेर सम्म मेला सञ्चालनमा रोक लगाईएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “र्धुवे हात्तीले गएराती मात्रै चारवटा घर भत्काएको छ । जंगली जनावारको डर रातको समयमा बढ्दै गएको छ ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीहरुलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले निर्धारीत स्थानमा मात्रै पूजापाठ गर्ने व्यवस्था मिलाईएको बताउनुभयो । स्वास्थ्य मापदण्डको पालना गर्दै बिक्रमबाबाको दर्शन गर्न आउन भक्तजनहरुलाई अपिल गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “कोरोनाको जोखिम कायमै छ । स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै दर्शन गर्न आउनु होला ।” निकुञ्ज भित्र प्लाष्टिक जन्य बस्तु निषेध समेत गरिएको उहाँको भनाई छ । भक्तजनहरुले ल्याएको प्लाष्टिकका कारण निकुञ्ज क्षेत्र प्रदुषित बन्ने भएकाले भक्तजनलाई प्लाष्टिकका सामानाहरु निषेध गरिएको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरुमा राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको भए पनि यस वर्ष डुङ्गाको व्यबस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

    राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्जभित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुख लगायत मनोकांङ्क्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरीएको पाईन्छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.