• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ७. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्यहरुले लिए सपथ

  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरका साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहाल सहित यहाँका जनप्रतिनिधिको कामको प्रशंसा गरेका छन् । जिल्लामा नाम चलेका प्रतिष्ठित साहित्यकारहरुले महानगर प्रमुख रेनु दाहालको नेत्रित्वको उपप्रमुख सहितको टिमको खुलेर चर्चा गरे । महानगरमा आयोजित प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूलाई सपथ कार्यक्रममा बोल्ने सबै जसो साहित्यकारहरुले वर्तमान महानगरको नेतृत्वकैै कारण महानगरको चौतर्फी विकास भएको बताए ।

    चितवन साहित्य परिषदका संस्थापक अध्यक्ष केदार खनालले भौतिक संरचना मात्रै विकास हो भनेर बुझिने मानसिक्तालाई परिर्वतन गरी, मानविय सम्वेदनाका कुरा, चिन्तन मनन्का कुराहरु पनि विकासकै आधार हुन भन्ने कुरा नगरपालिकाले प्रमाणित गरेर देखाएको बताए । प्रज्ञा प्रतिष्ठानको गठन संगै यसले दिर्घकालसम्म महानगरको बिकास र सुशासनमा धेरै ठुलो सहयोग प्रदान गर्ने उनको भनाई छ ।कार्यक्रममा उनी लगाएत अरु धेरै साहित्यकारहरुले आफनो धारण राखेका थिए ।

    कार्यक्रमा भरतपुर महानगरपालिकाकी प्रमुख एवं प्रज्ञा प्रतिष्ठानको कुलपति रेनु दाहालले पदाधिकारी र सदस्यहरुलाई सफत गराईन् । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य र नगर शिक्षा अधिकारीसमेत गरी ३१ सदस्यीय प्रज्ञा सभा गठन भएको हो । गत पुस ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।

    ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेकी हुन । महानगरपालिकाले यहाँको भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । प्रज्ञा प्रतिष्ठानको कार्यालय महानगरमै रहने र आगामी दिनमा यसका लागि आवस्यक बजेट समेत बिनियोजन हुने दाहालले बताईन् ।

    साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई प्रतिष्ठानको उपकुलपति मनोनित भएका हुन् । त्यस्तै साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी उषालाई प्रज्ञा परिषदको सदस्यमा मनोनित गरेकी छन् । यसैगरी महानगरले प्रज्ञा सभा सदस्यहरूमा अमृता रामदाम, डा एकनारायण पौडेल, एल बी क्षेत्री, प्रा डा कर्ण बाँनिया, डा केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा धनेश्वर भट्टराई, प्रा डा नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ ।

    महानगरपालिकाले कार्यपालिका सदस्यहरू मध्येबाट वडा नम्बर २५ का वडाअध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ । यसैगरी प्रज्ञा परिषद र प्रज्ञा सभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरिएको हो ।कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरले पुर्वाधार विकास मात्रै नभई साहित्य भाषा संस्कृति र कलाको समेत प्रर्वद्दन र विकास गरेको बताईन् ।

    महानगरका प्रबक्ता एवं वडा नम्वर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारीले सबै साहित्यकारको भावनको कदर गरी महानगरले महानगरको छुट्टै पहिचानका लागी प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउँदै जनप्रतिनिधिले गरेका विकासका बारेमा कला र साहित्यबाट नगरवासीमा प्रवाह गर्न आग्रह गरे ।

    महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले आफुहरुले धेरै मेहनतका साथ साहित्यकारकै सर सल्लाहका आधारमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सफल भएको र यसले आगामी दिनमा महानगरमा धेरै राम्रो नतिजा दिने बताए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.