• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या,पशुपन्छिको मल प्रयोग गर्न किसानलाई आग्रह

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा पुगिसकेको छ । माटोमा तिब्र रुपमा रसायनिक मल र बिषादीको प्रयोग गरेकाले महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो ।

    महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा  ५५ प्रतिशत माटोमा अम्लियपन देखिएको प्रयोगशाला हेटौडाका प्रमुख डा जनार्दन खड्काले जानकारी दिए । माटोमा प्राङ्गारिक पदार्थको मात्र जम्मा ४० प्रतिशत रहेको ले माटोको सहि उपचार बिना उत्पादन लिन नसकिने डा।खड्काको भनाई छ ।

    मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्नु पर्ने र त्यस पछि प्राङ्गारिक मलको  प्रयोग गरेर खेती गर्नु पर्ने खड्काको भनाई छ । कम्पोष्ट मल, प्रागारिक मल या घरको गोठेमलको प्रयोग बिना माटोको उपचार सम्भव नहुने भएकाले राम्रो संग पकाईएको वा प्रसोधन गरिएको गाइृबस्तुको मलको प्रयोग गरेर माटोमा सुधार ल्याउँन उनले आग्रह गरे । माटोको सुधार गर्न प्रागारिक र कम्पोष्टमलको प्रयोगमा किसानलाई अग्रसर बनाउन महानगर कृषि शाखालाई सुझाव दिएको खड्काले बताए ।

    माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले बताए । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम तिब्र भएको बताउँदै उनले सबै किसानलाई माटोपरिक्षण गरी प्रगारिक मलको प्रयोग बढाउन आग्रह गरे । माटोमा अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे अन्न तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५।५ देखि ६।५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५।५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ  र माटोलाई उपचार गर्नु  पर्ने हुन्छ ।

    माटो परिक्षण पश्चात सिफारिस गरिएका मात्रामा कृषि चुन माटोमा प्रयोग गर्नु पर्ने बिज्ञहरु बताउँछन् ।कृषि चुन बाली उत्पादन गरेर खाली भएको जमिनमा प्रयोग गरेर त्यसलाई जोतेर पानी लगाउनु पने कृषि शाखा प्रमुख तेजेन्द्र पौडेल बताउँछन् ।

    चुन छरेर जोतेपछि पानी लगाउँन सकियो भने १५ दिनमा जमिन खेती गर्न तयार हुने उनले बताए ।कृषि चुना छर्ना साथ खेति गरेमा बालि नउम्रने, बालि उम्रेको भए डढ्ने समस्या रहने बताईन्छ् । सिचाई नहुने जमिनमा भने कृषि चुन छरेपछि जमिन जोतर १ महिना सम्म खेती गर्न नहुने कृषि बिज्ञ डा खड्काले बताए । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । त्यसैले माटो सुधारका लागीनै बिशेष ध्यान दिनु आवस्यक रहेको डा खड्का बताउँछन् ।

    कार्यक्रममा  बागमती प्रदेश कृषि तथा पशुपन्छि बिकास राज्यमन्त्री ईन्द्र माया गुरुङले अब रासायनिक मल बिउको प्रयोग घटाएर अर्गानिक उत्पादनमा जोड गर्नु पर्ने बताईन् । माटो सुधारका लागी पशु पन्छिको मलको प्रयोगलाई बढाउन उनले आग्रह गरिन् । माटोको उर्भरा शंक्ति बढाउने तर्फ ध्यान पुर्याउन उनको आग्रह छ ।

    महानगर प्रमुख रेनु दाहालले महानगरमा अब अर्गानिक उत्पादन र उपभोगमा जोड दिएकाले सबै किसानलाई माटो सुधार गरी अर्गानिक खाद्ययबस्तु उत्पादन र उपभोग गर्न आग्रह गरिन । अर्गानिक उत्पादनका लागी महानगरले आवस्यक सहयोग र समन्वय गर्ने र बल बिउ कृषि चुना मा  कसरी किसानलाई सहयोग गर्न सकिन्छ त्यसका लागी कृषि शाखाले आवस्यक प्रवन्ध गर्ने उनको भनाई छ ।

    सो अवसरमा भरतपुर माहानगर उपप्रमुख पार्वति शाह ठकुरीले अब अर्गानिक उत्पादन गर्न जोड दिईन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुबेदीले बिषादी युक्त उत्पादनले क्यान्सर रोग बढाएकाले त्यसबाट बच्न बेलैमा ध्यान दिनु पर्ने बताए ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.