चितवन । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागी चितवनमा घर दैलो कार्यक्रमलाई व्यापक रुपमा बिस्तार गरिएको छ । चितवनमा प्राय जसो सबै राजनीतिक दलहरुले घर दैलो कार्यक्रमलाई अभियान कै रुपमा अगाडि बढाएका छन । विशेषगरी नेपाली काङ्ग्रेस , नेकपा एमाले, नेकपा माओवादी र अन्य दलहरुले पनि अघोषित रुपमै भए पनि घर दैलो अभियानमा होमिएको जनाएका छन । स्थानीय तहको निर्वाचन आउन अब मात्र झन्डै ४२ दिन बाकी छ ।
निर्वाचन नजिकदै जादा चितवनको राजनीतिले थप तरग पैदा गरेको छ । चितवनमा यति बेला नेपाली काङ्ग्रेस , नेकपा एमाले र नेकपा माओबादी बिचको राजनीतिले कस्तो मोड लिन्छ, कसले कता र कोसग तालमेल गर्छ भन्नैमा सबैको चासो रहेकोे छ । आमनागरिक यति बेला चितवनमा केन्द्रित छन । चितवनको राजनीतिले ७७ जिल्ला देखि केन्द्रिय राजनीतिमा समेत पकड जमाउने गर्दछ । नेपाली काङ्ग्रेस चितवनले यो पटक भरतपुर माहानगरपलिकाको मेयर पदमा आफ्नो अडान कायमै राखिरहेकेको छ ।
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले कुनै पनि हालतमा माहानगरको मेयर पदमा सम्झौता गर्न नसकिने बताएका छन । हामी यो पटक भुलेर पनि बाटो बिराउने पक्षमा छैनौ खनालले भने अहिलेको चितवन काङ्ग्रेस पहिलाको जस्तो छैन आफ्नो कुरामा जोड्तोडका साथ अडान राख्छ । त्यसो त नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिको नियमित बैठकमा पनि चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुले भरतपुर माहानगरपालिकामा केन्द्रले हस्तक्षेप गर्न नहुने तर्क दिएका छन ।
नेकपा माओवादी केन्द्रले भने नेपाली काङ्ग्रेस सग गठबन्धन गर्ने एकखालको निर्णय नै गरिसकेको छ । माओवादले नेपाली काङ्ग्रेस बिना एक्लै चुनाव लडन सक्ने हैसियत आफू सग नभएको प्रष्ट जस्तै पारेको देखिन्छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचन एक्लै लडन खोजी रहदा पनि माओवादीको अडानका कारण काङ्ग्रेसलाई अपठ्यारो परेको जानकारहरु बताउछन । नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी आमोबादी केन्द्र राजनैतिक प्रतिस्पर्धामा अब्बल ठहरिएको पार्टी भएको बताउछन । कुनै समय पहिलो त कुनै समय दोस्रो र तेस्रो भएको पार्टी नेकपा माओवादी हो त्यसैले अन्य दलहरू सग प्रतिस्पर्धा गरेर जान तयार छ अध्यक्ष अधिकारीले भने ।
वहाँले बामपन्थी गठबन्धन अथवा लोकतान्त्रिक गठबन्धन सबै आबश्यकता अनुसार हुने दाबी समेत गरे । राजनीतिक बिश्लेषकहरुका अनुसार यसपटको स्थानीय निर्वाचन गठबन्धन र नेकपा एमालेका बिचमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । यदि गठबन्धन नभएको खण्डमा भने नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी बिच नै कडा प्रतिस्पर्धा हुने प्रबल सम्भावना रहेको उनिहरुको तर्क छ । नेकपा एमाले चितवनका अध्यक्ष राम प्रसाद न्यौपाने भने आगामी निर्वाचनमा हामी एक्लै लडने तयारीमा रहेको बताउछन ।
गठबन्धन सग हामिलाइ कुनै डर छैन, अघिल्लो स्थानीय निर्वाचनमा पनि हाम्रो पार्टीले गठबन्धन कै सामना गरेको हो यस पटक पनि हामी सामना गर्न तयार छौ न्यौपानेले भने । उनले भोलिका दिनमा आबश्यकत्ता अनुसार चितवनमा साना दलहरुसग तालमेल हुन सक्ने तेर्फ पनि सकेत गरे । निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार चितवन सबै भन्दा बढी मतदाता भएको जिल्लामा तेस्रोमा पर्दछ ।
पहिलोमा काठमाडौ र दोस्रोमा पोखरा रहेका छन । यहि तथ्यांकलाई आधार मान्ने हो भने पनि चितवनमा अन्य पार्टीको तुलनामा नेपाली काङ्ग्रेस एक्लै चुनावमा उत्रिदा पनि सहजै जित हात पार्न सक्ने बिश्लेषकहरु बताउछन । बिहिवार सत्तारुढ पाँच राजनीतिक दलले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जुन पार्टीले प्रमुख जितेको छ आगामी निर्वाचनमा पनि सोही पार्टीलाई नेतृत्व दिने मोडालिटिमा तालमेल गर्ने सत्तारुढ पाँच राजनीतिक दलहरुले बताएका छन ।








