• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

रत्ननगरको कमाण्ड सम्हाल्न आइपुगे डिएसपी रेग्मी, रानाको भव्य बिदाई

  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रहरी नायव उपरीक्षक डिएसपी रविनवावु रेग्मीले ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनको जिम्मेवारी सम्हाल्नुभएको छ । डिएसपी ईन्द्रबहादुर रानाको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा भएपछि रेग्मीले यहाँ आइपुग्नुभएको हो । कार्यालयले आज स्वागत तथा फेरि भेटौँला कार्यक्रम गरी रेग्मीलाई स्वागत र रानालाई विदाई गरेको हो । कार्यक्रममा बोल्दै विदाई भएर जानुभएका डिएसपी रानाले आफ्नो १३ महिने कार्यकाल सुखद र सफल रहेको बताउनुभयो ।

    स्थानीय, नागरिक समाज, राजनीतिक दल लगायत सवैको सहयोगले पर्यटकीय क्षेत्र सौराहा समेत रहेको ठाउँमा शान्ति सुरक्षा बलियो बनाउन सकेको उहाँको भनाई थियो । साथै अवैध धन्दा चलाउनेहरुलाई कडाई गर्दै १३ महिनामा नदीजन्य पदार्थको अवैध उत्खनन् ओसारपोसार गर्ने १३६ सवारी नियन्त्रणमा लिएर २३ लाख ७० हजार जरिवानाबाट राजश्व संकलन भएको रानाको भनाई थियो । लागु औषध नियन्त्रणतर्फ गाजा २५ किलो चरेश १४५ किलो, नाईट्राजेपाम १५०० क्याप्सुल, नाईट्रोभेट– १८०० ट्याबलेट, नोर्फित २२० एम्पुल, फेनारगन–२२० एम्पुल र डाईजेपाम २२० एम्पुल बरामद गरी लागु औषध सेवन तथा ओसार पसार कारोवारलाई नियन्त्रण गर्नुको साथै ९०० ट्यावलेट ट्रामाडोल नियन्त्रणमा लिई औषधी व्यवस्था विभागमा पठाईएको उहाँको भनाई छ ।

    कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, मानव बेचबिखन गरी जम्मा ५ वटा मुद्दाहरुको सफल अनुसन्धान गरी प्रतिवादीहरु फेला पारी कानुनी दायरामा ल्याउन सफल भएको र जघन्य तथा गम्भिर मुद्दामा अदालतबाट सजाँय तोकिएको र फरार भएका ४७ जना (जम्मा कैद सजाय २८ वर्ष ७ महिना २८ दिन, जम्मा जरिवाना १९.६८,८३०÷– ) फरार अपराधीहरु पक्राउ गरि फैसला कार्यान्वयनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको रानाको भनाई थियो । गुण्डागर्दी नियन्त्रणतर्फ बिभिन्न मिति र समयमा समाजमा अराजकता फैलाई गुण्डागर्दी गर्ने २० जना मानिसहरुलाई पक्राउ गरी १३ वटा अभद्र मुद्दा तथा ज्यान मार्ने उधोग मुद्दा चलाई गुण्डागर्दी नियन्त्रण गरिएको रानाले बताउनुभयो । ०७७ साल फागुन १९ गतेदेखि आफूले रत्ननगरको जिम्मेवारीमा रहेर १३ महिना व्यतित गरेको उहाँको भनाई छ ।

    आफ्नो कार्यप्रगति प्रस्तुत गर्दै रानाले बढ्दै गएको जनसंख्यालाई मध्यनजर गरी दैनिक सेवाप्रवाहलाई सरल गराउन ट्राफिक कार्यालय निर्माण, थुनुवालाई सहजहुनेगरी भित्रै क्यान्टिनको सुविधा, नयाँ ब्यारेक निर्माण गर्नुका साथै ९० थान म्याट्रेस वितरण गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाग्लुङ सरुवा हुनुभएको उहाँले गुण्डागर्दी नियन्त्रण, लागुऔषध र काठ चोरी निकाशी नियन्त्रण तथा हाइवे र मुख्य ब्यापारिक स्थानमा हुने दुर्घटना न्यूनिकरण र चोरीका घटना हुन नदिन २६ वटा सीसीटिभी जडान गरेको जानकारी दिनुभयो ।

    त्यस्तै अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ जुवा कौडा खेल्नेहरु, चोरी गर्ने, ठगी गर्ने , वडाअध्यक्षलाई कालोमोसो दल्नेहरुलाई पक्राउ गर्ने लगायतका कार्य गरेर संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको रानाको भनाई छ । आफ्नो कार्यकालभर रत्ननगर ११ बाट भारततर्फ बेखबिखन गर्न लगिएको युवती उद्दारको गर्न सफल घटनाले अझ बढी जिम्मेवारी थपिएको रानाको भनाई थियो । अतिनै संवेदनशील घटनालाई पनि सफलतापूर्वक उद्दार गर्न सहयोग गर्ने मातहत सवै कर्मचारी, विभिन्न सहयोगी पक्षलाई धन्यवाद दिँदै भौतिक रुपमा टाढा रहेपनि सदैव साथ सहयोग पाउने आशा व्यक्त गर्नुभयो ।

    साथै जिम्मेवारी सम्हाल्न आउनुभएका डिएसपी रविनवावु रेग्मीलाई सफल कार्यकालको शुभकामना दिनुभयो । सरुवा भएर रत्ननगर आउनुभएका डिएसपी रविनबावु रेग्मीलाई स्वागत गरिएको छ भने रानालाई विदाई गरिएको हो । जिम्मेवारी सम्हाल्दै डिएसपी रेग्मीले रत्ननगरको शान्ति सुरक्षा कायम राख्न सवैसँग सल्लाह गरेर काम गर्ने बताउनुभयो । सकेसम्म प्रहरी कार्यालय आउन नपर्ने वातावरण वनाउने र आइहाल्नुपरे सहजै सेवा पाउनेगरी व्यवस्था मिलाउने जानकारी दिनुभयो । दुवैजनालाई स्थानीय,समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, युवाहरु तथा मातहतका कर्मचारीहरुले स्वागत र विदाई गर्दै शुभकामना दिनुभएको थियो ।

     

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.