चितवन । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस नेता नबीनराज पौडेलले उम्मेद्बारी दिने भएका छन। काङ्ग्रेसका सकृय युवा नेता पौडेलले भरतपुर महानगरको वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेद्बारी दिने घोषणा गरेका हुन। बरिष्ठ सन्चारउद्दमी समेत रहेका पौडेल नेपाली काङ्रेसको जिल्ला सदस्य भएर आम जनताबिच घुलमिल भएका नेताको रुपमा चिनिन्छन।
विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिसकेका पौडेलले समाजसेवालाई निरन्तरता दिनकै लागि भरतपुर–५ को वडा अध्यक्ष बन्न इच्छा राखेको बताए । उनले यसअघि २०७४ सालको स्थानीय तह चुनाबमा कुनैपनि पदमा उठ्ने इच्छा नराखेपनि अग्रजहरुलाई सम्मान गर्दै आफ्नो तर्फबाट कांग्रेसका प्रतिनिधि जिताउन भुमिका खेलेका थिए ।
आफ्नो उमेदवारी न्यायपूर्ण हुने भन्दै पौडेलले आफु वडामा युबाहरूको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे । वडाअध्यक्ष निर्वाचित भएको खण्डमा भरतपुर ५ लाई जिल्लाको नमुना वडा बनाउने प्रतिबद्दता पौडेलको छ। पौडेलले बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रको अनुभवलाई संगाल्दै नेपाली कांग्रेसको केन्द्रिय प्रचार समितिको सदस्य ,प्रेस युनियन,आन ,बान र अकोराब जस्ता सामाजिक संस्थाको नेतृत्वमा बसेर काम गरिसकेका छन् ।








