चितवन । चितवनको रत्ननगर नगरपालिका ४ स्थित न्यू क्यापिटल कलेजका दुई विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका छन् । कलेजमा अध्ययनरत संगीत आचार्य र सागर रेग्मीले एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल भएका हुन् ।
कलेजले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिएको छ । यो नतिजाले कलेज परिवार गौरान्वितत् भएको विज्ञप्तिमा भनिएको छ ।
गतवर्ष पनि यसै परीक्षामा कलेजबाट ४ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए । २०५७ सालमा स्थापना कलेजमा व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा विषयमा अध्यापन हुँदै आएको छ ।








