चितवन । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा चितवनका विभिन्न पालिकाका वडाहरुमा वडा अध्यक्षका दाबेदार बढ्दै गएका छन । यसैक्रममा चितवनको कालिका नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा काँग्रेसबाट केशब तिवारीले दाबी गरेका छन ।
तिवारीसंगै सो वडामा कमल मोक्तान,पुस्कल बस्नेत र निराजन गौलीले दाबी प्रस्तुत गरेका छन । बिगत एक दशर्कदेखि सञ्चारकर्ममा क्रियाशिल तिवारी सामाजिक काममा समेत अग्रपंक्तिमा छन ।
आफ्नो वडा आफै बनाउनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका तिवारी बुवाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका थिए । ‘बिगतका दिनहरुमा मेरो वडामा कांग्रेसको अवस्था अत्यन्तै कमजोर थियो । संगठनलालाइ शून्यबाट अहिलेको अवस्थामा ल्याउन पनि अहोरात्र खटेर काम गरेको छु ।’ –तिवारीले भने ।
पार्टीले आफुलाई योग्य ठानेर टिकट दिएको खण्डमा वडामा कायापलट हुनेगरि बिकास गर्ने तिवारीले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, बिजुली लगायतका पुर्बाधारहरुमा वडाबासिहरुले नसोचेको काम गर्ने उनको उद्घोष छ ।
कोरोना कहरका बेला कालिका नगरपालिकाका असाहय,अशक्त र निमुखा जनताहरुलाई पटक–पटक राहत संकलन गरेर बितरण गरेका तिवारीलाई वडाबासीहरुले पनि माया गर्ने गर्दछन । तिवारी शुद्धखबर अनलाइनका प्रमुख पनि हुन ।








