• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुर ४ को वडाअध्यक्षमा विकास श्रेष्ठको दाबी, नामजस्तै काम गर्ने भनाई

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यतिवेला स्थानीय तह निर्वाचन २०७९ को माहोल ह्वात्तै बढेको छ । दलहरु चुनावी तयारीमा छन् भने आफ्नो ठाउँको विकास गर्न सक्षम व्यक्तिहरुले उमेदवार घोषणा गरिरहनुभएको छ । संघीयताले स्थानीय तहलाई सरकारको रुपमा लिँदा जनताको अधिकार पनि वडातहसम्मै पुगेको छ र वडानै सवैभन्दा सानो तर जनताको आँगनमै रहने इकाइ बनेको छ । यसैको नेतृत्व हाँक्न भरतपुर महानगरपालिका वडानम्वर ४ को वडाअध्यक्षका लागि विकासप्रेमी युवा नेता विकास श्रेष्ठले आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको छ ।

    शिक्षित र खेलकुद क्षेत्रका हस्ती श्रेष्ठले आफ्नो समग्र अनुभव अव वडाअध्यक्षमा रहेर जनताको विकासमा लगाउन चाहानु भएको छ । श्रेष्ठले नेकपा माओवादी केन्द्रको तर्फबाट आफूलाई वडाअध्यक्षको उमेदवारमा उभ्याउनुभएको हो । तर उमेदवारको रुपमा एउटा पार्टीबाट भएपनि सवै पार्टीका युवाहरुको बलियो साथ र अग्रजहरुको आशिर्वाद रहेको श्रेष्ठ बताउनुहुन्छ । वडानम्वर ४ का सवै युवाहरुको साझा उमेदवारको रुपमा श्रेष्ठलाई अगाडि सारेपछि उहाँले आफ्नो सक्रियता र योजना अगाडि बढाउनुभएको हो ।

    नेकपा माओवादी केन्द्रको वडा कमिटी सचिव समेत रहनुभएका श्रेष्ठले उमेदवारी एउटा पार्टीबाट रहेपनि सवै टोलविकास संस्थाबाट हौसला र युवा,अग्रजहरुको बलियो साथ रहेकाले गठवन्धननै भएपनि आफूलाई साझा उमेदवार स्वीकार हुनेमा उहाँको विश्वास छ । सामाजिक संञ्जालमार्फत आफ्नो उमेदवारी घोषणा गर्नुभएको श्रेष्ठले पत्रकारहरुसँग कुराकानी गर्दै भरतपुर ४ को पुङ्गी खोलालाई विगतको अवस्थामा फर्काउने मुख्य योजना अगाडि सार्नुभएको छ । श्रेष्ठले भन्नुभयो,“भरतपुर ४ को विकास समग्ररुपमा अगाडिनै छ ।

    मुल सडकहरुमा अव त्यति समस्या छैन । भित्री सडकहरुको निर्माण,स्तरोन्नती त छँदैछ सवैभन्दा पहिला पुङ्गी खोलालाई ढलमुक्त बनाई प्राकृतिक अवस्थामा फर्काउने र वातावरणमैत्री वार्ड गराउने ठूलो योजना छ ।” टिकट पाएर उमेदवार हुने टुंगो लागेपछि प्रतिवद्धता पत्र सार्वजनिक गरी जनताको घरघरमा पुग्ने बताउँदै श्रेष्ठले पुङ्गी खोलाको व्यवस्थापन अन्तराष्ट्रिय अभ्यास अनुसार ढललाई अण्डरग्राउण्ड गर्ने र माथिबाट खोला बग्ने बनाइ पहिलाजस्तै संग्लो पानीमा माछा हिँडेको देखिनेगरी काम गर्ने बताउनुहुन्छ ।

    त्यसका लागि महानगर, प्रदेश संघ सरकारसँग आफूले समन्वय गर्ने श्रेष्ठले बताउनुभयो । विकास श्रेष्ठलाई पार्टीको भन्दा समग्र वडाकै व्यक्तिको रुपमा हेरिने गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष, भरतपुर महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष, आफ्नै टोल बैकुण्ठ टोलविकास संस्थाको अध्यक्षमा रहेर अहिले पनि उहाँले आफ्नो जिम्मेवारी निभाइरहनुभएको छ । यी सवै संघ,संस्थाको अनुभवले अव वडाको विकास गरी जनताको चाहाना पूरा गर्ने योजना श्रेष्ठको छ ।

    खेल क्षेत्रकै हस्ती भएकाले खेल खेल्नका लागि मात्रै नभई अनुशासनमा बाँध्न, राष्ट्रलाई चिनाउन र दक्ष हुनसके व्यवसायीक गराउन पनि सकिन्छ भन्ने प्रमाणीत गरिसक्नुभएका उहाँले खेलाडी उत्पादन गर्न वडाबाटै लाग्नुपर्नेमा जोड दिनुहुन्छ । खेलको ग्रासरुट तहनै वडा भएकाले वालवालिकालाई अनुशासीत बनाएर अगाडि बडाउने उहाँको योजना छ । खेलमा बालवालिकालाई अभ्यस्त गराउन सके यसले बहूआयामिक फाइदा दिने बताउँदै श्रेष्ठले कुलतमा फस्ने,बेरोजगार हुने, पढाइबाट बन्चित हुनुपर्ने लगायतका तमाम समस्या यहीँबाट अन्त्य गर्नेगरी काम गर्ने बताउनुभएको छ ।

    टिकट पाएर वडाअध्यक्षमा विजयी भइहाले सम्वन्धित निकायमा खेलक्षेत्रको मुद्दा पुर्याउने तर पुर्याएर मात्रै नहुने उहाँको अनुभवले देखाएकोछ । ऐन, कानुन बनाउने ठाउँमै पुग्नुपर्ने भएकाले वडाअध्यक्षमा दावी रहेको उहाँको भनाई छ । २०३८ साल पुष महिना १३ गते लंकु खोरेटोल अहिलेको बैकुण्डपथमा जन्मिनुभएका श्रेष्ठ पाँच जनाको परिवारमा जेठो हो । २०६३ देखि २०६५ सम्म सप्तगण्डकीबाट एमबीएस उत्तीर्ण गर्नुभएको थियो । २०४९ सालमा लुकीलुकी गुरु राम थापाको सहयोगमा मार्सल आर्टस् खेल क्षेत्रमा लाग्नुभयो । त्यो समय आफ्ना वालवालिकालाई खेलक्षेत्रमा लगाउनुपर्छ भन्ने चेतनामा कमी थियो । तर संघर्ष गर्दै उहाँले मार्सल आर्टस् सिक्नुभयो ।

    त्यो समयमापनि उहाँले साँढे २ सय तिरेर भर्नागरी मासिक ६० रुपैयाँ बुझाएर यो खेल सिक्नुभयो । कुखुराको पोल्ट्रीफर्म रहेको त्यतिवेला एक क्रेट अण्डाको मूल्य जम्मा ४५ रुपैयाँ थियो । त्यसरी गरिएको संघर्षले २०५५ सालमा ब्लेक बेल्ट हासिल गर्न सफल उहाँ खेलेर मात्रै नभई अध्ययन पनि गर्नुपर्ने योजना बनाउनुभयो । त्यसपछि कोरियनबाट पुम्सेमा अध्ययन गर्नुभयो । ३÷३ महिनाको एक वर्षको स्पेशल तालिम लिनुभयो । अध्ययन गरेमात्रै बालवालिकाहरुको इच्छा,चाहाना र उनीहरुको भाव बुझेर खेल सिकाउनुपर्ने बताउँदै अहिले हजारौँ बालवालिका,युवा,युवतीहरुलाई खेलमा भविष्य देखाउँदै आफ्नो ज्ञान सीप सिकाइरहनुभएको छ ।

    शिक्षाको महत्वपूर्ण अंग खेल पनि हो भन्ने बुझाउँदै भरतपुर ४ को समग्र विकसका लागि वडा अध्यक्षमा आफ्नो दाबी रहेको उहाँको भनाई छ । २०५३ सालमा लक्ष्मी मावि लंकुको कक्षा ८ मा अध्ययन गर्दानै उहाँ अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको अध्यक्ष हुनुभयो । यहीँबाट राजनीतिक यात्रा सुरु भएको उहाँलाई सहीद ज्ञानु खरेलले थप सिद्धान्त,पार्टीको नीति, हासिल गर्न चाहेको लक्ष्यबारे बताउँदै एउटै समितिमा बसेर काम गर्नुभयो । संकटकालमा केही समय भूमिगत समेत हुनुभयो ।

    पाँच छ महिना पूर्णकालीन कार्यकर्ता भएर काम गर्नुभएको श्रेष्ठले खेल र पढाइलाई कहिल्यै छोड्नुभएन । ०६३÷०६३ को जनआन्दोलन हुँदा काठमाण्डौबाटै उहाँले सहभागीता जनाउनुभयो । उहाँको सक्रियताले पार्टीको नगर समितिमा रहेपनि वडालाई सम्हाल्नुपर्छ भन्ने अग्रजको आग्रहलाई शिरोपर गरी अहिले त्यहाँको विकास निर्माण, स्थनीयलाई आइपर्ने समस्या समाधान, खेलकुद, शिक्षा, अन्य दैनिक कार्यम पर्ने कठिनाइमा निरन्तर सहयोगीको रुपमा परिचित हुनुहुन्छ ।

    पारिवारीक पुष्ठभूमि राजनीतिक नभएपनि बुवा कम्युनिष्ट समर्थक हुनुहुन्छ । सानैदेखि हँसिया हतौडाको झण्डाले ओत दिएको उहाँलाई फुलवारी निवासी सहीद शारदा श्रेष्ठबाट राजनीति, समाजसेवामा लाग्न थप प्रेरणा मिलेको थियो । अहिले गठवन्धनगरी चुनावमा जाने चितवनमा निर्णय भइसकेको छ । गठवन्धन हुँदा दलको कुरा स्वीकार्य हुने बताउँदै श्रेष्ठले सकेसम्म युवा उमेदवारलाइ अगाडि बढाउन अनुरोध गर्नुहुन्छ । अहिलेको सेवाग्राहीलाई छिटो, छरितो र पारदर्शी काम चाहिने बताउनुहुन्छ ।

    कुनै १० दिनमा गर्ने काम अहिलेका सेवाग्राहीलाई १ दिनमा चाहिन्छ । त्यसैले आफू युवा पनि भएकाले यसरी दिनुपर्ने सेवामा सक्षम रहेकाले दाबी प्रस्तुत गरेको श्रेष्ठको भनाई छ । बडानम्वर ४ का धेरै युवाहरु , आमावुवाहरुले दलगत भन्दापनि व्यक्तिगत रुपमा आफूलाई रुचाउनुभएको बताउँदै आमावुवाको सपनालाई विपनामा लैजानपनि गठवन्धन नै भएपनि आफूलाई समर्थन हुने विश्वास उहाँको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.