• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

भरतपुर महानगर : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वैशाख ३० गते हुने स्थानीय तहहरु मध्ये देशैभरीबाट सबैको ध्यानआकर्षित गरेको भरतपुर महानगर हो । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुहुन्छ । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनु पर्ने भन्दै उहाँले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।” २१ औं शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उहाँको भनाई छ ।

    रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीति अनुसार महानगरमा काम गर्नुपर्ने बताउनुहुन्छ । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उहाँले प्राथमिकतामा फोहोरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय बृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।” पोल्ट्री व्यवसायी भट्टराईले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्महरु विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नु पर्ने बताउनुभयो ।

    उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताउनुहुन्छ । सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उहाँको जोड छ । कृषि उत्पादनको आधारमा दिईने अनुदान प्रभावकारी भएको भन्दै उहाँले त्यस अनुरुपको काम गर्नु पर्ने बताउनुभयो । महानगरले प्रतिलिटर दूधमा रु.३ दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नु पर्ने उहाँले सुझाव दिनुभयो । ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उहाँले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताउनुहुन्छ ।

    व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताउनुहुन्छ । रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाईसराई गरी आएकाहरुलाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उहाँले जोड दिनुभयो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उहाँले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रहरुमा लगानी आवश्यक रहेको उहाँको भनाई छ । व्यवसायी राजन गौतम भरतपुर महानगरको विकासमा फरक ढंगले सोच्नु पर्ने बताउनुहुन्छ ।

    महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो “नारायणी तटबन्धमा अरबौं खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खरबौंको आम्दानी गर्नुपर्छ ।” यसबाट लाखौं विगाहा जमिन निस्कन र भरतपुर महानगर बच्ने उहाँको तर्क छ । महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उहाँले बाँझो जमिन राख्नेलाई कारवाही गर्ने गरी ऐन नियम बनाउनु पर्ने बताउनुभयो ।

    मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “बेमौसमी खेती रोक्नु पर्छ ।” व्यवसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उहाँको भनाई छ । जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताउनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.