चितवन । नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति अन्तरगतको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थप गरेको छ । केन्द्रीय प्रचार–प्रसार समितिको यही चैत्र २२ गते बसेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन् ।
थपिएका सदस्यहरुमा दुई जना चितवनका रहेका छन् । उप-समितिमा चितवनका कल्पना पौडेल र बिष्णुहरि थापा थप भएका छन् ।
यस अघि उप–समितिमा चितवनका नेताहरु रामप्रसाद अधिकारी, निलकण्ठ रिजाल, निर्मल पौडेल, परमेश्वर खनाल, बिनय राम भट्ट, मित्रनिधि तिवारी, हिमाल अधिकारी, दिपक दवाडी, सूर्य ढकाल र घनश्याम पौडेल ‘श्याम’ मनोनित भएका थिए ।









