गैंडाकोट । गैंडाकोटकी २४ बर्षिय एक युवती दुई दिनदेखि हराइरहेकी छन् । नगरको वडा नं २ श्रीनगर टोलमा भाडाको कोठामा बस्दै आएकी गौरी नामले चिनिने गममाया गाहा मगर सोमवारदेखिसम्पर्क विहिन भएकी हुन् ।
उनि श्रीमान विशाल मगर, ३ वर्षिय छोरी र आफ्नी आमासँग गैंडाकोटकोश्रीनगर टोलमा विगत ३ वर्षदेखि रहन्थिन । उनको स्थायी घर वाग्लुङको काठेखोला गाउँपालिका वडानं २ मा छ । उनि नारायणगढको एउटा टेलरिङ सेन्टरमा सिलाई कटाईको काम गर्दथिन । सँधै झैंसोमवार विहान काममा जान्छु भनेर हिडेकी गौरी सोहीदिन दिउँसोबाट सम्पर्क विहिन भएको उनका श्रीमान विशाल मगरले जानकारी दिए ।
अहिले उनले प्रयोग गर्ने मोवाइल स्वीच अफ रहेको गौरीका श्रीमान बताउँछन । तीन वर्षिय छोरीलाई छोडेर गएकी गौरीलाई कसैले देखेमा नजिकैको प्रहरी चौकीवा विशाल मगरको मोवाइल नम्बर 9827573563 मा सम्पर्क गरिदिनुहुन गौरीका श्रीमान विशाललेसंकेत पोष्ट डटकम सँग आग्रह गरेका छन् ।








