चितवन । आगामी बैशाख ३० गते हुने स्थानिय तहको दोश्रो निर्वाचनको लागि नेपाली कांग्रेस इच्छाकामना वडा नम्बर ३ ले चितवन निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका प्रदेश सचिव कुम बहादुर गुरुङलाई वडानम्बर ३ को वडाध्यक्ष उम्मेद्बारमा सिफारिस गरेको छ।
वडा नम्बर ३ का पार्टी सभापती राम बहादुर गुरुङको संयोजकत्वमा बुधवार बसेको नेपाली कांग्रेस इच्छाकामना गाउँपालिका वडा नम्बर ३ कमिटी बैठकले गुरुङलाई आसन्न स्थानिय तहको निर्वाचनको लागि वडाबाट प्रभावशाली उम्मेद्बार ठहर गर्दै कमिटी सदस्यको बहुमतले उम्मेद्बारको लागि सिफारिस गरेको हो।
गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेद्बार माधव बहादुर घिमिरे ५९ मतले नेकपा माओवादी केन्द्रका उम्मेद्वार गोवद्र्धन अधिकारीसँग पराजित भएका थिए।








