• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

डिभिजन वन चितवनद्वारा बरण्डाभार क्षेत्रको सरसफाइ, अस्पतालजन्य फोहोर यत्रतत्र

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । डिभिजन वन कार्यालय चितवनले वन्यजन्तु वारपार गर्ने वरण्डाभार क्षेत्रमा सरसफाई कार्यक्रमलाई तीव्र बनाएको छ । स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा विशाला चोक देखि कालिका नगरपालिका पुग्ने सडक आसपासका क्षेत्रमा थुपारिएका फोहोर सरसफाई गरिएको सहायक वन अधिकृत वालकृष्ण खनालले बताउनुभयो । विशेषगरी प्लाष्टिक फोहोर सरसफाई गरी त्यसको व्यवस्थापन क्याम्पियन गरिरहेको खनालको भनाई छ । राजमार्ग आसपासका प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्ने कार्यक्रम वाग्मती प्रदेश सरकारले उपलब्ध गराएको र पाँचौ दिनसम्मको कार्यक्रम सम्पन्न भइसकेको खनालले बताउनुभयो ।

    पहिलो दिन विशाल चोक देखि बीरेन्द्र क्याम्पस चोकसम्म, त्यसपछि भोजाडदेखि खगेरी खेला पुलसम्म नियमित सरसफाई भइरहेको छ । यो सडकखण्डको आसपास अत्यधिक फोहोर भएकाले अभियान अहिले यतै केन्द्रीत छ । खनालले भन्नुभयो,“बरण्डाभार क्षेत्र भएकाले वन्यजन्तु वारपार गर्ने मुख्य मार्ग हो । वसोवास गर्ने र चरिचरणको क्षेत्र समेत भएकाले यहाँ सरसफाई हुन आवश्यक छ। तर खोलामा पनि फोहोर नै छ ।

    सडकमा पनि यसको आसपास र वनमा समेत फोहोर फालिएको देखिन्छ ।” वन्यजन्तु हिँड्ने महत्वपूर्ण मार्ग त हो नै भरतपुर कालिका जोड्ने मुख्य सडक पनि हो । तर यो सडक आसापास अहिले फोहोर थुपार्ने डम्पिङमा परिणत भएको छ । जैविक अजैविक सवैखालको फोहोर फालिएको छ । यसले वन र वनस्पति, वनको पारिस्थितिकीय प्रणालीमा समस्या पर्ने र अजैविक फोहोर खाँदा वन्यजन्तु विरामी पर्ने र मृत्यु समेत हुने जोखिम धेरै रहेकाले सरसफाई गरिएको खनालको भनाई छ ।

    सहायक वन अधिकृत शान्ति शर्माले बाटो हिँड्ने बटुवा देखि सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएपनि फोहोर फाल्ने काम नरोकिएको बताउनुभयो । अहिले १० दिन सरसफाई गर्ने अभियान जारी रहेको र खगेरी पुल नजिक सडक आसपासमा ठूलो मात्रामा अस्पतालजन्य फोहोर यत्रतत्र छरिएको भेटिएको उहाँको भनाई छ । खाल्डो खनेर पुर्नुपर्ने अस्पतालका सुई, औषधि, सीसाजन्य बस्तुहरु समेत भेटिनु मानिसहरुको गम्भीर लापार्वाही भएको शर्माले बताउनुभयो ।

    १० दिनको क्याम्पियनले मात्रै नहुने र मानिस आफै सचेत हुँदै स्थानीय तहले समेत फोहोर व्यवस्थापनको दीर्घकालिन समाधानमा योजना बनाई कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । सूचना अधिकारी समेत रहनुभएका वालकृष्ण खनालका अनुसार गतवर्ष पनि वडाअध्यक्षलाई रोहवर राखेर अव फोहोर नफाल्न भनिएको र त्यसको प्रभाव केही समय राम्रो भेटिएको थियो तर अहिले जस्ताको त्यस्तै वनेको छ ।

    सरसफाइमा डिभिजन वन कार्यालय चितवनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, वन हेरालु,वनदस्ता, आमासमूह, टोलसुधार समितिका पदाधिकारी, अभियानकर्मीहरुको सहभागीतामा नियमित सरसफाई जारी छ । संकलित फोहोर व्यवस्थापनमा भरतुर महानगरले ट्याक्टर सहयोग गरेको छ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.