• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

सामाजिक व्यक्तित्व तथा व्यवसायी भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित

  •   बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनका नेता तथा सामाजिक व्यक्तित्व भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एव्म नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट दुवाडी विभूषित गरेकी हुन ।

    राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले चितवनको रत्ननगरका दुवाडीलाई सो पदक हस्तान्तरण गरेकी हुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयरमा दावी गरेका दुवाडीलाई उद्यमशिलता तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरकारले विभूषण गरेको हो । लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल दुवाडीले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण,औद्योगिक प्रर्दशनी केन्द्र र औद्योगिकग्राम निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् ।

    दुवाडी औद्योगिक क्षेत्रका अभियान्ता समेत हुन । उत्पादन मुलक उद्योगको स्थापना गरी रोजगारी सृजना गर्न महात्वपूर्ण भूमिका खेलेका दुवाडीले सामाजिक क्षेत्र अन्तर्गत विपन्नलाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि राम्रो योगदान गर्दै आएका छन् । सौराहाको पर्यटन विकासलाई उचाईमा लैजान भूमिका खेलेका दुवाडीले पर्यटन गुरुयोजना निर्माण गरी विकासको आधारशिला तयार गर्ने काम गरेका थिए । कोरोना महामारीको बेला मान्छेसंग मान्छे डराउने अबस्था रहेको दुवाडीले आफ्नै होटलमा आइसोलेशन निर्माण गरी संक्रमितको उपचार गराउन सफल भएका थिए ।

    स्थानीय सरकारले क्वारेन्टाइन सञ्चालनको लागि सिंगो होटल दिँदा पनि राज्यले वास्ता नगरेपछि व्यवसायी आफै अग्रसर भएर क्वारेन्टाइन स्थापना गरी संक्रमितको उपचार गरेका थिए । मेयरमा दावी गरिरहेका दुवाडीले रत्ननगरलाई पर्यटन तथा अर्गानिक सिटीको रुपमा विकास गर्ने धारण सार्वजनिक गरेका छन् । सिंगो रत्ननगरको डिपीआर तयार गरी नगरको विकासको लागि सरकार तथा बैदेशिक श्रोतको परिचालन गर्ने योजना बनाएको बताए ।

    नगरबासीलाई सुसासनको प्रत्याभूति दिलाउदै रत्ननगरलाई पर्यटन,कृषि र उत्पादनसंग जोड्ने बताए । नेपाली कांग्रेसका नेता समेत रहेका दुवाडीले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापन गर्दै घरविहीनहरुलाई घर तथा सामुहिक आवास निर्माणलाई अगाडि बढाउने बताए । रत्ननगरको मेयर पदका प्रबल दाबेदार दुवाडी नेपाली कांग्रेस पार्टीको गठबन्धन गरेर चुनाबमा जाने केन्द्रीय नीतिलाई शिरोपर गर्दै पार्टीको मुल्याङ्कनमा आफु अब्बल सावित भए गठबन्धन दलका समेत समग्र जनमतको भावनालाई कदर गर्दै आफु अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

    पार्टीद्धारा जारी हुने चुनाबी घोषणापत्रको अक्षरस पालन तथा विज्ञहरुको परामर्शद्धारा आफू परिचालित हुने बताए । संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान–पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरिएको थियो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.