चितवन । नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट भरतपुरका एक युवक नदिमा बेपत्ता भएका छन । तनहुँ प्रहरीका अनुसार बिहिवार दिउँसो करिब १२ बजेको समयमा भरतपुर २१ को बर्ष २० का साकार न्यौपाने नारायणीमा बेपत्ता भएका हुन।
नदिमा हराएको खबर पाएपछि दिनभर स्थानीय र प्रहरीले खोजी कार्य गरे पनि फेला पार्न नसकेको प्रहरी जनाएको छ। देबघाट नुहाउने क्रममा साकार नदिमा बेपत्ता भएको उनका आफन्तले बताएका छन । नातामा न्यौपानेका मामा पर्ने हरि सुबेदीले बताए अनुसार बिहीवार बिहान साकार हजुरआमालाइ लिएर बिक्रमबाबा दर्शन गर्न गएको र त्यस पछि घर नगइ देबघाट पुगेका थिए।
देबघाट वारीबाट साकार र उनीसंग गएका आफन्त डुङ्गा चडेर तनहुँ तिर बेनिमा पुगेका थिए। सोही क्रममा नुहाउन लाग्दा उनी नदिमा बगेका हुन।








