• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

चितवनमा सवारी दुर्घटना: चालुआवको हालसम्म ११२ जनाको मृत्यु, ३०२ मोटरसाइकल दुर्घटना

  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म सवारी दुर्घटनामापरी ११२ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान थापाका अनुसार ८२ जना पुरुष,१९ जना महिला र १० जना बालक १ जना बालिका रहेका छन् । त्यस्तै २०८ जना गम्भीर घाइने भएका छन् । गम्भीर घाइते हुनेहरुमा १५१ जना पुरुष, ३८ जना पुरुष, १० जना बालक र ९ जना बालिका रहेका छन् । त्यस्तै सवारी दुर्घटनामा परी ४७८ जना सामान्य घाइते भएका छन् ।

    जसमा ३३५ पुरुष,१९० जना महिला,१८ जना बालिका र १६ जना बालक रहेका छन् । त्यस्तै ५९८ वटा सवारी दुर्घटनामा परेका छन् । जसमा मोटरसाइकल सवैभन्दा धेरै दुर्घटना पर्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार ३०७ वटा मोटरसाइकल, ७८ वटा जीपकार, ७७ वटा ट्रक÷ट्यांकर, ४१ वटा बस, ३९ वटा साइकल÷गाडा , १९ वटा ट्याक्टर, १५ वटा टेम्पो,१० वटा माइक्रो, ८ वटा टिपर,४ वटा अन्य सवारी दुर्घटनामा परेका हुन् । चालु आर्थिक वर्षको चैतसम्मको तथ्याङ्क हेर्दा दुर्घटनामा मृत्यु हुनेको संख्या असोजमा धेरै छ ।

    जहाँ ६७ वटा सवारी दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन् । चैत्रमा ८२ वटा सवारी दुर्घटनाहुँदा १६ जनाको मृत्यु, फाल्गुनमा ७६ वटा सवारी दुर्घटना हुँदा १३ जनाको, मंसिरमा ७३ वटा सवारी दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । माघमा ४१ वटा दुर्घटनामा १२ जनाको,श्रावणमा ७८ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पौषमा ५६ वटा सवारी साधन दुर्घटना हुँदा ११ जनाको, कार्तिकमा ६२ वटा सवारी साधन दुर्घटना हुँदा १० जनाको र भाद्रमा ६३ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    चालु आर्थिकवर्षको चैतसम्म ३९१ पटक सवारी दुर्घटना भएको छ । जसमा सवैभन्दा धेरै श्रावण र फाल्गुणमा ५१ पटक, मंसिर र चैतमा ४७ पटक, असोजमा ४३ पटक, भाद्रमा ४२, कार्तिकमा ४१ पटक, पौषमा ४० पटक र माघमा २९ पटक सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालय प्रमुख भगवान थापाका अनुसार साँघुरो र विग्रदो सडक अवस्था, तीव्र गति र ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनु नै दुर्घटनाका मुख्य कारण रहेको बताउनुभयो ।

    दुर्घटना न्यूनिकरणका लागि राजमार्ग तथा भित्री सडकमा समेत चेकजाँच र कारवाहीलाई तीव्र बनाउँदा केही कमी भएपनि चालक आफै सचेत नहुँदासम्म कमी ल्याउन कठिन हुने उहाँको भनाई छ । अहिले पनि विहान साँझ चेकजाँचलाई कडाई गरेको उहाँले बताउनुभयो । पछिल्लो समय राजमार्ग भन्दा भित्री सडकमा दुर्घटना बढीरहेकाले अव त्यसतर्फ पनि चेकजाँच बढाउने, आमा समूह ,टोल विकास संस्थालाई चेतनामूलक कार्यक्रम गर्ने थापाले बताउनुभयो ।

    पछिल्लो समय दुर्घटना न्युनिकरण सहितको पाठ्यक्रमनै बनाएर चितवनको भरतपुर महानगरपालिकाका विद्यालयमा लागू गर्नेगरी कार्यक्रम अगाडि बढेको थापाको भनाई छ । जसमा दुर्घटना हुनुका कारण, ट्राफिक नियम, दुर्घटना भएपनि हुने कारवाही प्रकृया, कानुनी सजायँ, विद्युतीय अपराध के हो यसबाट कसरी बच्ने, नेपाल प्रहरीले गर्ने कार्य र गुनासो गर्ने विधि लगायतको विषय समावेश गरी पाठ्यक्रमजस्तै किताव तयार पारेको थापाले बताउनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.