• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

सञ्चालनमा आएको १४ वर्ष पछि बन्द हुँदै गिद्ध प्रजनन् केन्द्र

  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गरिने भएको छ । प्रकृतिमा गिद्धको संख्या वढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसके पछि केन्द्र वन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हाल सम्म १८ वटा बच्चा कोरलेर हुर्कीएका छन् । १४ वर्षको अबधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिए पछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेष्टूरेन्टहरु मार्फत कार्यक्रम गर्न लागिएको हो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन् केन्द्रमा १० वटा मात्र गिद्ध रहेका छन् । केही समय अघि त्यहाँका १० गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेष्टूरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखे पछि प्रकृतिमा छाडीने छ । आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम रहेको छ । यस संगै कसरामा १४ वर्ष देखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उहाँले बताउनुभयो । आगामी साउन महिना सम्ममा प्रजनन् केन्द्र बन्द हुने छ ।

    अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृतिम रुपमा गरिएको प्रजनन् भन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिईएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यस यता सन् २०१४ बाट प्रजनन् केन्द्रमा गिद्धले अण्डा पार्न शुरु गरेको हो । पहिलो वर्ष ५ अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।

    पौडेलका अनुसार सन् २०१५ मा ७ अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट ६ वटा बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० वटा अण्डाबाट दुई वटा बच्चा कोरलिएकोमा त्यस यता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ वटा र २० मा १४ अण्डा पारेपनि बच्चा कोरल्न सफल नभएको उहाँले जानकारी दिनुभयो । गत बर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन ।

    बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमानै अण्डा पारेर बच्चा कोरलेर हुर्काईएका गरि ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न शुरु गरिएको हो । पहिलो वर्ष ६ वटा गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२ वटा, २०१९ मा १३ वटा र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेष्टुरेन्टमा जालिमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धहरुसँग घुलमिल गराएर छोड्ने गरिन्छ ।

    जटायु रेष्टुरेन्टमा प्रकृतिमा रहेका गिद्धहरुसँग सँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्ने गरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा ५ भाले र ५ पोथी गिद्ध रहेका छन् । ५ भाले र ५ पोथी प्रकृतिमा छोड्नका लागि जटायू रेष्टूरेन्टमा लगिएको छ । निकुञ्ज बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले पछिल्ला वर्षहरुमा प्रकृतिमा रहेका गिद्धहरुको प्रजनन् राम्रो र संख्या बढ्दै गएकाले प्रजनन् केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिईएको बताउनुभयो ।

    उहाँका अनुसार जटायु रेष्टुरेन्टहरुलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा बिभाग लागेको छ । नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासी संगै दाङ्, कैलाली र कोशिटप्पुमा जटायू रेष्टूरेन्ट मार्फत गिद्धको संरक्षण गरिदैं आएको छ । यसबाट परिस्थितिय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिईएको छ । मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मीहरु बताउँछन् ।

    सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाए संगै प्रकृतिमा गिद्धको संख्या बढ्न थालेको कंडेल बताउनुहुन्छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.