• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो ।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र  यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने ।  अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा निगरानी हुने उनले बताए । तीन घेरामा सुरक्षाकर्मी हुने उनकाे भनाइ छ । ‘संवेदनशील मतदानस्थलमा खटिने नेपाल प्रहरीको संख्या अन्तको तुलनामा बढी नै हुनेछ । बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछ । नेपाली सेनाले पनि निगरानी गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले मतदानस्थलको स्थलगत निरीक्षण गरिरहेको छ । निर्वाचन अधिकृत स्थनाीय तहमा खटिएपछि उनीहरूले समेत मतदानस्थलको निरीक्षण गर्ने छन् ।  जिल्लामा यसपालि एक सय ३६ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा ४५ मतदान केन्द्र थप भएका हुन् ।

    जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न दल दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । राष्ट्रिय मान्यताप्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको उनले जानकारी दिए । दुई लाख ४४ हजार तीन सय ४० मतदाताको बिचमा २३ दलका उम्मेदवार चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् ।

    जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेकाे ढकालले बताए । बिहीबारसम्म जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले यतिबेला निर्वाचनमा खटिने कर्मचारीको टुंगो समेत लगाउँदैछ ।

    राजनीतिक दलहरू यतिबेला उम्मेदवारको नामावली टुंग्याउने कसरतमा छन् । हालसम्म जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले गठबन्धन गर्ने प्रारम्भिक सहमति भएको छ । गठबन्धन दलबीच भने दुरी बढ्दै छ । तर, हालसम्म गठबन्धन तोडिएको अवस्था छैन् । हालसम्मको स्थितlलाई विश्लेषण गर्दा भागबन्डा नमिलेर जिल्लामा गठबन्धन तोडिने प्रवल सम्भावना छ ।

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.