चितवन । राप्रपामा प्रवेश गर्नेको संख्या दिनहुँ बढ्न थालेको छ । भरतपुर–२२ मा राप्रपाको वडा कार्यालय स्थापना कार्यक्रममा ७९ जना राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा कांग्रेसको तरुण दलका नेता मनोज सारु मगर, नविता सारुमगर, एमालेका चुडामणी न्यौपाने सहितका ७९ जना पार्टी प्रवेश गरेको राप्रपा चितवनका उपाध्यक्ष चेतनाथ वाग्लेले जानकारी दिनुभयो । उहाँले वैशाख ३० गते हुने स्थानीय तह चुनावमा राप्रपाका एजेण्डा बोकेर घरघरमा पुग्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै राप्रपा सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रिना गुरुङले पार्टीमा स्वागत गर्नुभएको थियो । अन्य दलहरुले विकास र समृद्धिका लागि असफल बनेको भन्दै राप्रपानै वैकल्पिक शक्ति भएको भन्दै पार्टी प्रवेश गर्ने लहर बढेको बताउनुभयो । नवप्रवेशीहरुलाई नेतृत्व तहमा पनि महत्वपूर्ण योगदान गर्न आग्रह गर्नुभयो ।
राप्रपाको चितवनमा भएको विशाल आमसभामा एकै दिन ३ हजार बढी राप्रपामा प्रवेश गरेका थिए । राप्रपा जिल्ला सदस्य रामबहादुर नेपाली, महिला संगठन उपाध्यक्ष गीता आचार्य, महानगरका सचिव सुलभ सिग्देल लगायतको सहभागिता रहेको थियो ।








