• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चितवनका ट्राफिक प्रहरी प्रमुख थापाको सरुवा,राजश्व भन्दा ट्राफिक नियमको जनचेतनालाई जोड

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाको सरुवा भएको छ । सरुवा भएपछि उहाँलाई हिजो एक कार्यक्रम गरी विदाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । देशभरका प्रहरी निरीक्षकको एकसाथ सरुवा हुँदा थापाको ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीमा सरुवा भएको हो । थापाले २०७८ वैशाख ८ गतेदेखि चितवन ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    थापाले आफ्नो कार्यकालमा अत्याधिक सवारी दुर्घटना हुने जिल्लाको उपमा पाएको चितवनमा त्यसको न्यूनिकरणका लागि निरन्तर काम गर्नुभयो । आफै फिल्डमा खटिएर सवारी चेकजाँच देखि ट्राफिक व्यवस्थापन गर्ने र राजश्व संकलन भन्दा बढी सवारी ऐन नियमको जानकारी दिनेमा उहाँ केन्द्रीत हुनुभयो । थापाले भन्नुहुथ्यो,“प्रहरीको काम राजश्व संकलन गराउनुभन्दा ट्राफिक ऐन नियमबारे जानकारी गराउने र दुर्घटना न्यूनिकरण गराउनु हो । ” थापाकै नेतृत्वमा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको समन्वयमा चेकजाँच हुँदा अवैध मोटरसाइकलहरु बरामद भएका थिए ।

    ट्राफिक प्रहरीले ट्राफिक नियम र यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीले लाइसेन्स, बीलबुक चेकजाँच गर्दा धेरै अवैध मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थापाको भनाई छ । थापाले कोभिडको समयपनि व्यवहारिकतालाई हेरेर सवारी आवतजावतमा सहज बनाउनुभएको थियो । पटक पटक ट्राफिक ऐन नियम उल्लघंन गर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउनुभएको थापाले चालु आर्थिक वर्ष २०७८÷०७९ को चैतसम्म २४ हजार ४ सय ६४ सवारी साधनलाई कारबाही गर्दा २ करोड २३ लाख २४ हजार पाँच सय राजश्व संकलन भएको छ ।

    सवारी साधनको तुलना गर्दा सवैभन्दा बढी कारबाहीमा ६ हजार ५७६ मोटरसाइकल परेका छन् । त्यसबाट ५५ लाख १० हजार पाँच सय राजश्व संकलन भएको छ । ५ हजार ५९३ जिप कार कारवाहीमा पर्दा ५२ लाख ३ हजार, ४ हजार ६४९ ट्रक टिपरलाई कारवाही गर्दा ५० लाख २५ हजार , ३ हजार ३६१ वटा टेम्पोलाई कारवाही गर्दा २५ लाख ७३ हजार, ३ हजार १०१ बस माइक्रोलाई कारवाही गर्दा २८ लाख ७८ हजार ५ सय रुपैयाँ र १ हजार १७६ वटा ट्याक्टरलाई कारवाही गर्दा ११ लाख ३४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    महिना अनुसारको कारवाही तथ्याङ्क हेर्दा सवैभन्दा बढी कार्तिक महिनामा सवारी साधन कारवाहीमा परेका छन् । उक्त महिना ३ हजार २ सय ८९ सवारी कारवाहीमा पर्दा ३० लाख १६ हजार पाँच सय राजश्व संकलन भएको छ । आश्विनमा ३ हजार २३ सवारी कारवाहीमा पर्दा २७ लाख २६ हजार, पौष महिनामा २८ सय ९० सवारी कारवाहीमा पर्दा २६ लाख ४१ हजार, श्रावणमा २७ सय ५७ सवारी कारवाहीमा पर्दा २५ लाख ७३ हजार पाँच सय, भाद्रमा २६ सय ८७ सवारी कारवाहीमा पर्दा २३ लाख ७८ हजार, चैतमा २५ सय २६ सवारी कारवाहीमा पर्दा २३ लाख ९ हजार पाँच सय, माघ महिनामा २४ सय ७३ सवारी कारवाहीमा पर्दा २२ लाख ४८ हजार पाँच सय, मंसिरमा २४ सय ६३सवारी कारवाहीमा पर्दा २२ लाख ४४ हजार पाँच सय र फाल्गुनमा २३ सय ५६ सवारी कारवाहीमा पर्दा २१ लख ८७ हजार राजश्व संकलन भएको छ ।

    अहिले चितवन ट्राफिकको जिम्मेवारी सम्हाल्न गोरखाबाट सरुवा भएर धर्म बहादुर अधिकारी आइसक्नुभएको छ । उहाँलाई पनि थापाको विदाईका दिन स्वागत गरिएको थियो ।

     

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.