• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

चितवनमा पनि कृषि गणना सुरु

  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पनि सातौँ राष्ट्रिय कृषि गणना २०७८ सुरु भएको छ । आज देखि गणक र सुपरीवेक्षकहरु फिल्डमा खटिएको जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो संघीयता पछिको भने पहिलो कृषि गणना हो । हरेक १० /१० वर्षमा यसको गणना गरिन्छ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित सुरु भएको गणनाका लागि आजदेखि जेठ १९ गतेसम्म उनीहरु फिल्डमा रहने भण्डारीले बताउनुभयो ।

    जिल्लामा वैज्ञानिक विधिबाट छनौट गरेर १७९ गणना क्षेत्र कायम गरिएको छ । तीनै गणना क्षेत्रमा अहिले तालिमप्राप्त गणक र सुपरीवेक्षक खटिएका हुन् । उनीहरु अहिले घर घर पुगेर विवरण संकलन गरिरहेका छन् । गणकको कार्यमा सुपरीवेक्षकहरुले अनुगमन गरे नगरेको, तथ्याङ्क लिँदा गल्ती भएनभएको, सहज असहज बारे पनि आज अनुगमन गरेको भण्डारीले बताउनुभयो । भण्डारी सहित तथ्याङ्क कार्यालय चितवनका कर्मचारीले आज माडी क्षेत्रमा अनुगमन गर्नुभएको हो ।

    अनुगमनका क्रममा सहजै गणनाको कार्य भइरहेको भण्डारीले बताउनुभयो । साथै गणनाको समयमा पर्ने कठिनाइलाई हटाउन स्थानीय तहमा स्थानीय तह सहजीकरण समिति बनाएर वडास्तरीय सहजीकरण समिति समेत बनाउन पहल भइरहेको भण्डारीको भनाई छ। आज मात्रै माडीमा सो समिति बनाउन छलफल सम्पन्न भएको छ । उपप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु,वडा सचिव, इलाका प्रहरी कार्यालय प्रमुख सहितको बैठक बसेको हो ।

    बैठक पछि बोल्दै उपप्रमुख ताराकुमारी काजाी महतोले माडीमा कृषि गणनालाई सफल पार्न सवै प्रकारको सहयोग हुने बताउँदै वडास्तरीय सहजीकरण समिति बनाउन आफूले पत्राचार गर्ने बताउनुभयो । पहिलो चरणमा गणकहरु तोकिएको गणना क्षेत्रमा सूचीकरणका लागि खटिरहेका हुन् । उनीहरुले सूचीकरण ल्याएपछि तथ्याङ्कीय विधिबाट औषतमा २५ मुख्य कृषक छनौट गरेर लगत २ अर्थात मूख्य प्रश्नावली भरिने उहाँको भनाई छ । त्यस्तै सामुदायिक प्रश्नावली र संस्थागत कृषि चलनहरुको सुपरीवेक्षकहरुले तथ्याङ्क लिनेछन् ।

    त्यस्तै यो पटक नतिजा आउँदा वडा तहसम्मकै तथ्याङ्क आउने भण्डारीले बताउनुभयो । अन्तिम नतिजा आउन भने एक वर्ष लाग्नेछ । यो कृषि क्षेत्रको कार्यक्रम, योजना निर्माणका लागि महाअभियान भएकाले सत्यतथ्य जानकारी दिएर सहयोग गरिदिन कृषकहरुलाई भण्डारीले आग्रह गर्नुभयो । अहिले जिल्लाका सात वटा स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा ३७ वटा गणना क्षेत्रमा १४ गणक र ४ जना सुपरीवेक्षक, रत्ननगर नगरपालिकामा २५ गणना क्षेत्रमा ९ जना गणक र ३ जना सुपरीवेक्षक, खैरहनी नगरपालिकामा २८ वटा गणना क्षेत्रमा १० जना गणक र २ जना सुपरीवेक्षक,राप्तीमा २५ गणना क्षेत्रमा ९ जना गणक र २ जना सुपरीवेक्षक, कालिकामा २२ गणना क्षेत्रमा ८ जना गणक र २ जना सुपरीवेक्षक, माडीमा २८ गणना क्षेत्रमा १० जना गणक र ४ जना सुपरीवेक्षक र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्रमा ५ जना गणक र २ जना सुपरीवेक्षकलाई खटाइएको छ ।

    यसरी सातौँ राष्ट्रिय कृषि गणना २०७८ सफल पार्न छनौटमा परेका १७९ गणना क्षेत्रमा ६५ जना गणक र १९ जना सुपरीवेक्षक खटिएका हुन् । सुपरीवेक्षक उत्तम पौडेलले १० वर्षपछि आएको गणनामा कृषकले उत्साहित भएर तथ्याङ्क दिनुभएको बताउनुभयो । अहिले सूचीकरणको कार्य भइरहेको र गणकलाई आइपर्ने समस्यालाई समाधान गर्न आफू लागिरहेको बताउनुभयो ।

    यो महाअभियानमा आफू समेत सहभागी हुन पाउँदा उत्साहित रहेको उहाँको भनाई थियो । गणक सुरक्षा पौडेलले धेरै ठाउँबाट तथ्याङ्क लिन आएको भन्दै स्थानीयले हैरानी सुनाएको बताउनुहुन्छ । तर कृषि गणनाको उद्देश्य र यसको गणना विधि बताउँदै गएपछि किसानले सहजै जानकारी दिनेगरेको बताउनुभयो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.