• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

श्री मेडीकल कलेजको सुबिधा सम्पन्न भवनको उपकुलपतिबाट उद्घाटन

  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्बाञ्चल बिश्वबिद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समाज, मुलुक र बिश्वबिद्यालयलाई शक्ति प्रदान गर्ने गरि काम गर्नु पर्ने बताउनुभएको छ । श्री मेडीकल एण्ड टेक्निकल कलेज भरतपुरको नबनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले नीजि शिक्षण संस्थाहरुले पूर्बाधारमा पनि बिशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

    नीजि क्षेत्रमा उत्कृष्ठ कलेजका रुपमा यस कलेज अघि बढेको भन्दै सम्बन्धन पाएका र आंगिक क्याम्पसहरुले गुणस्तरमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो । सो अबसरमा पूर्बाञ्चल बिश्वबिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश्वर दाहालले शैक्षिक क्षेत्रको बिकासका लागि विश्वबिद्यालयले प्रध्यापकहरुको मूल्याङ्कनको काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो “शैक्षिक क्षेत्रमा सुधारका लागि अध्ययन संगै अनुसन्धानमा पनि जोड दिनु पर्छ ।”

    कार्यक्रममा बिश्वबिद्यालयका रजिष्टार निलमणी पोख्रेलले शैक्षिक क्षेत्रको सुधारका क्रममा बिश्वबिद्यालय अघि वढेको बताउनुभयो । विश्वविद्यालय सुधारका क्रममा अहिले नयाँ पाठ्यक्रम बनाएर अघि वढेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “बजारको माग अनुसार पाठ्यक्रम बनाएर अघि वढेका छौ ।” कोरोना कहरको समयमा समेत बिश्वबिद्यालयले बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । कार्यक्रममा विश्वबिद्यालयबाट सम्बन्धन पाएका नीजि स्वास्थ्य शिक्षण संस्थाहरुको छाता संस्था एसियाका अध्यक्ष यम प्रसाद अधिकारी, विश्वबिद्यालयका डिन डा. शैलेसमणी पोख्रेल, बिश्वबिद्यालयको प्रध्यापक संघका अध्यक्ष सन्देशदाश श्रेष्ठ, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने, भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले नीजि क्षेत्रमा गुणस्तर संगै भौतिक पूर्बाधारमा कलेजले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

    कलेजका कार्यकारी अध्यक्ष सरोज ढकाल र प्राचार्य नन्दकिसोर भट्टले कलेजका बारेमा जानकारी गराउनुभएको थियो । पाँच तले कलेज भवन झण्डै रु ८ करोडमा निर्माण गरिएको हो । करिब ९ कठ्ठा जग्गामा निर्माण गरिएको सो भवन दुईवटा व्लक रहेको छ । २२ कोठे सो भवनमा अत्याधुनिक प्रबिधिको प्रयोगशाला सहित पठनपाठन सुरु गरिने छ । बि. सं. २०६४ सालमा स्थापना भएको कलेजमा हाल स्वास्थ्य शंकायमा प्रबिणता प्रमाणपत्र तह र स्नातकको पठनपाठन हुँदै आएको छ ।

    अध्यक्ष ढकालले छिट्टै स्नातकोत्तरको पढाई गरिने बताउनुभयो । कलेजमा ४ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । स्थापना काल देखि हाल सम्म १ हजार ४ सय ६० जना बिद्यार्थीले अध्ययन गरिसकेका छन् । जस मध्ये ९ सय जना बिद्यार्थी उतिर्ण भई सकेका छन् भने अन्य अध्ययनको क्रममानै रहेको छन् । सुरुवाती समयमा बिपिएच र बि फार्मेसीको पढाई गरिएकोमा हाल पिबिएनएस, बिएसि नर्सीङ् र पिसिएल नर्सीङ संगै ल्याब टेक्निसियन समेत पढाई हुँदै आएको छ ।

    आगामी बर्षमा स्नातकोत्तर तहको अध्ययन समेत सुरु गर्ने गरि काम अघि वढाईएको कलेजका अध्यक्ष ढकालले जानकारी दिनुभयो । सो कलेजको भगिनि संस्थाको रुपमा नेस्नल सिटि हस्पिटल रहेको छ । कलेज अस्पतालको मूख्य सेयर धनी हो । कार्यक्रममा बिभिन्न सेमेष्टरमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी, बिभिन्न प्रतियोगितामा बिजेता बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

     

     

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.