चितवन । नेपाली काङग्रेस भरतपुर ३ ले वडाअध्यक्षको उम्मेदवार छनोटमा क्षेत्रिय सभापतिले हस्तक्षेप गरेको प्रति विरोध गरेको छ । पाटीको वडा कार्यसमितिले सभापति तारामित्र पण्डितलाई नै वडा अध्यक्ष चयन गरी जिल्ला क्षेत्र र नगर समितिमा निर्णय पठाएको थियो ।
सो निर्णयको वेवस्ता गरी क्षेत्रीय सभापतिले आफ्नो अध्यक्षताामा बैठक बसी आफैलाई वडा अध्यक्षको उम्मेदवार चयन गरेको प्रति वडा कमिटिले विज्ञप्तिमार्फत भत्र्सना गरेको छ ।
निर्वाचनमा सो उम्मेदवार पराजय भएमा त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला नगर र क्षेत्रीय कमिटि रहने विज्ञप्तिमा उल्लेख छ । वडा समितिको निर्णयमा सच्चिन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।








