चितवन । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) पाँच दलिय गठबन्धनबाट बाहिरिएका छन। जिल्लामा स्थानिय निर्वाचनमा गठबन्धनको निर्णय अनुसार सिट बाँडफाँड नभएको भन्दै उनीहरु बाहिरिएका हुन। गठबन्धनमा रहेका अन्य दलहरूले जसपालाई महत्व नदिएको सो पार्टीले आरोप लगाएको छ।
जसपाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत काम गरेको आरोप लगाएको हो ।
गठबन्धनको बैठकमा आफूहरूलाई नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताए । उनले वडाध्यक्षसहित सदस्यहरूमा आफ्ना उमेदवारहरूलाई मित्रवत प्रतिस्पर्धामार्फत जिताउन आग्रह गरेका छन् ।








