चितवन । नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिएका पार्टीका नेता जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार साँझ सभापति राजेश्वर खनाल सहितका नेताले पौडेललाइ उमेदवारी फिर्ता लिन आग्रह गरेको हो । पार्टीको केन्द्रिय नेतृत्वले गरेको निर्णय मानेर जानुको बिकल्प नरहेको तथ्य बुझिदिन पौडेललाइ जिल्लाका नेतृत्वकर्ताको आग्रह थियो ।
‘तपाइँको उमेदवारीले राष्ट्रिय स्तरमै तरङ्ग उत्पन्न गराएको छ । यसले गठबन्धनमा प्रभाव पार्न सक्ने पार्टीको आंकलन छ । बुझिदिनुपर्यो । – जिल्लाका नेताले उमेदवार पौडेललाइ सामूहिक रुपमा भने । जवाफमा पौडेलले आफु अघि बढिसकेको र बिचार गर्ने कुनै ठाउँ नरहेको स्पष्ट पारेका छन । नेता पौडेलले भने – ‘साथीहरुलाइ मैले अब पुर्नबिचार गर्ने कुनै ठाउँ छैन भनेको छु ।’
नेता पौडेलका अनुसार उनलाइ केन्द्रीय सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता पौडेलले पटक–पटक काठमाण्डौ आउन टेलिफोन नै गरेका छन । मंगलबार सभपति खनालसंगै उपसभापति राजीब न्यौपाने, सचिव सुर्य अर्याल लगायतका नेता उनको निजी निवासमै पुगेका थिए । लगातार १० बर्ष माओबादीलाइ मत हाल्न नहुने भन्दै काँग्रेस नेता पौडेलले भरतपुरको मेयरमा उमेदवारी दिएका छन ।
उनलाइ काँग्रेसका असन्तुष्ट नेताहरुको समर्थन छ । गठबन्धनबाट भने मेयरमा माओबादी केन्द्रकी नेतृ रेनु दाहाल उमेदवार छिन ।








