चितवन । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीबाट टिकट बितरण गर्दा आर्थिक चलखेल भएको भनि आएका समाचार र सामाग्रीप्रति जिम्मेवार बन्न काँग्रेस चितवनका नेताद्वय उत्तम जोशी र प्रा.डा. सूर्यकान्त घिमिरेले माग गरेका छन । बुधबार संयुक्त बिज्ञप्ती जारी गर्दे नेताद्वयले आर्थिक चलखेल संबन्धि आरोपको छानबिन गर्न माग गरेका हुन ।
नेताद्वयद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – ‘पार्टीको तर्फबाट टिक बितरण गर्दा नीति, आदर्श, मर्यादा र आचरण बिरुद्ध मनोमानी एवं बिधान बिरुद्ध अपार्दर्शी ढंगबाट राम्रालाई भन्दा हाम्रालाइ आर्थिक चलखेलको आधारमा टिकट बितरण भएको भन्ने समाचार र भिडियो सामाजिक संजालमा आउदा पार्टीको साख नै गिरेको छ ।
र तमाम पार्टीका निष्ठावान, संघर्षशिल साथीहरुको घोर अपमान भएको छ ।’ यस्ता गलत कृयाकलापको छानबिन गरि पार्टीको साख जोगाउन पार्टीको संबन्धित तहसंग जोशी र घिमिरेको माग छ । जोशी र घिमिरे काँग्रेसको गत अधिबेशनमा सभापतिका प्रत्यासी थिए । मंगलवार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि केही असन्तुष्ट नेताहरुले क्षेत्रीय सभापतिमाथी टिकट बितरणका बेला लाखौँ घुस मागेको आरोप लगाएका थिए । साथै यस्तो असहज परिस्थितमा धैयर्ताका साथ स्थानी निर्वाचनमा सहभागी हुन कार्यकर्तालाइ उनिहरुको अपिल छ ।









